२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८० स्थानको प्रारम्भिक नतिजा आउँदा कुन दलको कति अग्रता (अपडेट)

३ आश्विन २०७४, मंगलवार १७:११

असोज ३, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश २ को मतगणन जारी छ । प्रारम्भिक मत गणना अनुसार प्रदेश नम्बर २ का स्थानीय तहमा मंगलबार राति साढे १० बजेसम्म ८० स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ।

आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबभन्दा बढी २३ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एमालेले १८ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १४ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ। माओवादी केन्द्र १२ स्थानमा अगाडि छ भने राजपा नेपाल १० स्थानीय तहमा अग्रस्थानमा छ । त्यस्तै फोरम लोकतान्त्रिक ३ स्थानमा अगाडि छ ।

बिरगंज महानगर 

महत्वपूर्ण मानिएको बिरगंज महानगरपालिकामा सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएकोमा ७०० मत गणना गर्दा राजपाले काँग्रेस भन्दा १ मतले अग्रता लिएको छ । तर बीरगन्ज महानगरपालिकामा अग्रता लिइरहेको राजपाका उम्मेदवारको मतान्तर भने अहिले घटेको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३५ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले २३४ मत पाएका छन्  । द्विवेदीले अग्रता लिन अब १ मत मात्र ल्याउनुपर्ने छ । 

त्यस्तै यस अघिको मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले १३७ मत सहित तेश्रोमा झरेका छन् । 

त्यस्तै छैटौं स्थानमा रहेको माओवादी केन्द्र २ स्थानमा उक्लिँदै चौथो स्थानमा आइपुगेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार रहबर अन्सारीले ९८ मत प्राप्त गरि २ स्थान माथि उक्लिएका हुन् ।

त्यस्तै फोरम लोकतान्त्रिकका विजय सरावगी ७६ मत ल्याई पाँचौं स्थानमा छन् भने एमालेका उम्मेद्वार बशरुद्दिन अन्सारी ७२ मत सहित छैटौं स्थानमा झरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता