2026-09-13 10:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टिकटकको भविष्य चीनमा निर्भर : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य अझै अनिश्चित रहेको बताउँदै अन्ततः चीनले नै यसको भाग्य निर्धारण गर्ने सङ्केत दिनुभएको छ ।

“हुन पनि सक्छ, नहुन पनि सक्छ । हामी अहिले टिकटकसँग वार्ता गरिरहेका छौँ । हामी यसलाई बन्द गर्न सक्छौँ, वा अघि बढाउन सक्छौँ, ठ्याक्कै थाहा छैन । यो अन्ततः चीनमा निर्भर छ । यसले धेरै फरक पार्दैन । तर म यो बच्चाहरूको लागि गर्न चाहन्छु, किनभने उनीहरूलाई यो मन पर्छ”, न्युजर्सीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “स्वार्थी रूपमा भन्नुपर्दा, मैले टिकटकसँग राम्रो काम गरेँ र युवाहरूको भोट पाएँ । त्यस्तो समर्थन सङ्ख्या रिपब्लिकन पार्टीमा अरू कसैले कहिल्यै पाएन ।”

न्युयोर्क टाइम्सका अनुसार टिकटकलाई यसको चिनियाँ मालिक बाइटडान्सबाट अलग गर्ने वा अमेरिकामा प्रतिबन्धको सामना गर्ने कानून लागू गर्न वा फेरि ढिलाइ गर्न ट्रम्पसँग सेप्टेम्बर १७ सम्म समय छ । उहाँले यसअघि नै तीन पटक कानून लागू गर्न ढिलाइ गरिसक्नुभएको छ ।

गत वर्ष अमेरिकी सदनले द्विदलीय समर्थनसहित पारित गरेको कानूनअनुसार गैर–चिनियाँ मालिक नभेटिएसम्म टिकटकले देशमा सञ्चालन गर्न पाउने छैन । यसका कारण चीनसँगको सम्बन्धले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको मानिन्छ ।

चीनसँगको वार्ता अझै जटिल बनेको छ । अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा एक सय ४५ प्रतिशत कर लगाउनुभएको थियो, पछि घटाएर ३० प्रतिशतमा ल्याउनुभयो । त्यसको जवाफमा चीनले अमेरिकी उत्पादनमा १० प्रतिशत कर लगायो ।

गत शनिबार चीनले अमेरिकामा बनेका केही माइक्रोचिपहरूको निर्यातबारे अनुसन्धान सुरु गरेको घोषणा गर्‍यो । अघिल्लो दिन अमेरिकी वाणिज्य मन्त्रालयले चिनियाँ चिप कम्पनीहरूलाई व्यापारको कालो सूचीमा राख्ने जनाएको थियो । यी कदमहरूले दुवै देशबीचको वार्तामा थप दबाब बढाएको छ ।

अमेरिका र चीन अहिले थप कर कटौती, दुर्लभ पृथ्वी खनिज र चुम्बकको ढुवानीमा चीनले लगाएको प्रतिबन्धबारे छलफल गरिरहेका छन् । चीनले अमेरिकी कृषि उत्पादन, विशेषगरी सोयाबिन खरिद गर्न रोकेकोमा ट्रम्प प्रशासन चिन्तित छ, जसले अमेरिकी किसानहरूको जीविकोपार्जनमा ठूलो असर पारेको छ ।

यससँगै अमेरिकी अधिकारीहरूले चीनको अत्यधिक औद्योगिक क्षमतालाई असन्तुलित अर्थतन्त्रको कारण भन्दै आलोचना गरेका छन् र चिनियाँ पक्षलाई रुस र इरानबाट तेल खरिद नगर्न आग्रह गरेका छन् ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी महिना दक्षिण कोरियामा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन फोरममा भेट्ने तय भएको छ । साथै सीको निमन्त्रणामा कुनै समय चीन भ्रमण गर्न सक्ने सङ्केत पनि ट्रम्पले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन