Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०४ गते, अपराह्न ४:३४ बजे अर्थ/विकास, काठमाडौँ - KTM, डोटी - DT

थप १२ वटा उत्तरी नाका खुलाउन बुधबार सम्झौता

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, डोटी। नेपाल र चीनबीचका थप १२ नाका खुलाउन दुई देशबीच बुधबार सम्झौता हुँदैछ । चिनियाँ सडक प्रयोग गरेर नेपालको हिमाली जिल्लाहरुमा पनि सामान ढुवानी गर्न सकिने गरी १२ नाका खोल्ने विषय समेटिएको प्रोटोकलमा सम्झौता हुन लागेको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले चिनियाँ राजदूत यू होङलाई मन्त्रालयमा नै बोलाएर नेपालकालागि उक्त १२ नाकाको आवश्यकताको विषयमा जानकारी दिएका थिए ।

अहिले सरकारले प्रस्ताव गरेको प्रोटोकलमा रसुवागढीदेखि दार्चुलासम्मका विभिन्न १२ नाकाहरुमा सामान लैजानको लागि नेपालले चीनले आफ्नो मुलुकमा बनाएको सडक प्रयोग गर्न सक्ने व्यवस्था सहितको प्रस्ताव गरेको छ । यस विषयमा आफूले राजदूतसँग कुराकानी गरेको र सो विषयलाई सकारात्मक रुपमा लिँदै यसलाई पारित गराउनको लागि आफूले चीन सरकारसँग प्रस्ताव गर्ने आश्वासन दिएको मन्त्री बलायरले जानकारी दिए ।

अहिले यही विषयमा छलफल गर्नको लागि चिनियाँ सरोकारवाला मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा आएका छन् । नेपाल र चीनबीच यो विषयमा बुधबार विस्तृत छलफल हुँदैछ । सोही दिन ती नाकाहरु खोल्नको लागि संशोधित प्रोटोकलमा हस्ताक्षर हुने भएको छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार नेपाल आएका हुन् । सो प्रोटोगलमा नेपालले प्रस्ताव गरे अनुसार तल उल्लेखित १२ नाका खोल्नुका अतिरिक्त बोर्डरको चिनियाँ राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग गर्न सक्ने प्रयास गरिएको छ । यो प्रोटोकलमा हस्ताक्षर भएसँगै ढुवानीका कारण नेपालको हिमाली जिल्लाहरु विकासमा पछि पर्ने अवस्था नहुने र चीनसँगको व्यापारमा पनि बृद्धि हुने अपेक्षा लिईएको छ ।

अहिले चीनसँग प्रोटोकल सम्झौता भएका नाकाहरु

खासा यारी – यारी

खासा – रसुवागढी

खासा – ओलाङचुङ्गोला

चीनसँग प्रोटोकल सम्झौतामा प्रस्ताव गरिएका नाकाहरु

रसुवागढी – हिल्सा

रसुवागढी – कोराला

खासा – कोराला

रसुवागढी – डोल्पा

खासा – डोल्पा

रसुवागढी– डोल्पा

खासा – डोल्पा

रसुवागढी – दार्चुला

खासा – दार्चुला

रसुवागढी – बझाङ (ताक्लाकोट)

खासा – बझाङ (ताक्लाकोट)

रसुवागढी – ओलाङचुङ्गोला

रसुवागढी – किमाङ्थाङ्का(संखुवासभा)