2026-09-13 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ ।

घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहनुभएका जलनविज्ञ डा कीरण नकर्मीले भन्नुभयो, “अस्पतालमा ल्याउँदाको अवस्थाभन्दा सुध्रिएको छ, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ ।” डा नकर्मीका अनुसार आज देब्रे हातको शल्यक्रिया गरिने र अवस्था हेरेर त्यसपछिका उपचार प्रक्रियाअघि बढाइने छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “पत्नी चित्रकारको फोक्सो र देब्रे हातमा ध्यान केन्द्रित गर्दै चिकित्सकहरूले उपचार गरिरहेको जानकारी पाएका छौँ । आगलागीका क्रममा फोक्सोमा हानिकारक ग्यास पास भई समस्या देखिएको र देब्रेहातमा गम्भीर जलन भएको भनिएको छ ।”

फोक्सोमा हानिकारक ग्यास भरिएका कारण शल्यक्रिया गर्नुअघिको ‘एनेस्थेसिया’ (बेहोस पार्ने) विधि अपनाउन नपाउँदा समस्या सिर्जना भएको नेता खनालले जानकारी दिनुभयो ।

लामो समय प्राध्यापन पेसामा बिताएकी आफ्नी पत्नीलाई योजनाबद्ध ढङ्गले आगलागीमा पारिएको र स्वदेशी तथा विदेशी केही सञ्चारमाध्यमबाट त्रुटिवस गलत समाचार सम्प्रेषण भएकामा उहाँले दुःख व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “यस किसिमका आपराधिक एवं अमानवीय घटनाको निन्दा र भत्र्सना गर्दछु । उक्त घटनामा संलग्न पक्षलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दछु ।”

सम्मानित नेता खनालले आफ्नो घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरुको प्रमाण फेला पर्न थालेको जानकारी दिँदै प्राप्त ती प्रमाणहरु छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन