२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’

३ आश्विन २०८२, शुक्रबार १६:११

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय झन्डोत्तोलन गर्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको योगदानको कदर गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले गत भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखलगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने