2026-09-13 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय एकता नै स्थायित्वको आधार: नेता सिटौला

काठमाडौँ | नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उहाँले संविधानविपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पार्नुभयो । नेता सुटौलाले भन्नुभयो, “भावनात्मक रूपले एक हुनुपर्छ । जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गरौँ । जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो । राष्ट्रिय एकता नै स्थायित्वको आधार हो ।”

कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पार्नुभयो । उहाँले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भन्नुभयो, “जेनजी आन्दोलन परिकल्पनाभन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरूरी छ ।”

केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका नयाँ मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म जीवनशैलीमा परिवर्तन हुँदैन, तबसम्म प्रणाली राम्रो भएर मात्र पुग्दैन ।”

कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसीलगायतले संविधान कार्यान्वयनमा दलहरू चुकेको टिप्पणी गर्दै अब सम्हालिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले लोकतन्त्रलाई थप बलियो बनाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन