२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा चुनाव हारेपछि एमाले उम्मेदवारले आत्महत्या गरे !

५ आश्विन २०७४, बिहीबार १०:५१

असोज ५, सिरहा । स्थानीय तहको निर्वाचन अन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका उम्मेदवार श्रीदेव सिंहले आत्महत्या गरेका छन् । 

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आज आत्महत्या गरेका हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिष्णुपुर गाउँपालिकाकाको मतगणनाबारे थप 

सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको थियो । गएराती सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव १ हजार ९४० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवले १ हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा भने माओवादी केन्द्रका सतदेव यादवले १ हजार २५४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सो गाउँपालिकाको उपप्रमुखमा फोरम नेपालकी अरहुलादेवी सिंहले २ हजार ७ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्दकी ललितादेवी यादवले १ हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म कसले कति स्थानमा जिते ? 

हालसम्म प्रदेश नम्बर २ मा कांग्रेसले ८ स्थान जित्दै पहिलो स्थानमा छ भने माओवादी केन्द्र ५ तहमा जित्दै दोश्रो स्थानमा छ त्यस्तै एमाले चौथो स्थानमा छ । त्यस्तै राजपाले ३ स्थानमा जित दर्ता गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य