१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौँ तीर्थयात्री अलपत्र

६ आश्विन २०७४, शुक्रबार ०८:१०

असोज ६, पर्वत। जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । 

गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो गएपछि अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामै अड्किएका छन् । 

मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तीर्थयात्री गणेश गिरीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्षा निरन्तर परिरहँदा जाडोले तीर्थयात्री कठ्याङग्रिएको बताइएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिनुभयो । 

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्राबाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेको आकर्षण बढ्दै गएको छ । 

पटकपटक जहाज दुर्घटनामा पर्न थालेपछि तीर्थयात्री तथा पर्यटक सडक मार्ग हुँदै जाने गरेका हुन् । बिहीबार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भए पनि वर्षाका कारण सम्भव नभएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै