2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौँ तीर्थयात्री अलपत्र

असोज ६, पर्वत। जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । 

गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन् । खासगरी सोह्रश्राद्धमा कागबेनीमा पितृश्राद्ध गर्नका लागि गएका बढी मात्रामा अलपत्र परेका हुन् । पहिरो गएपछि अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामै अड्किएका छन् । 

मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको तीर्थयात्री गणेश गिरीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्षा निरन्तर परिरहँदा जाडोले तीर्थयात्री कठ्याङग्रिएको बताइएको छ । वर्षा रोकियो भने साँझसम्म सडक खुलाउन सकिने अधिकारीले जानकारी दिनुभयो । 

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङबाट दुईवटा डोजर र स्काभेटर पठाइएको छ । पछिल्लो समय हवाई यात्राबाट भन्दा सडकमार्गबाट मुस्ताङ जानेको आकर्षण बढ्दै गएको छ । 

पटकपटक जहाज दुर्घटनामा पर्न थालेपछि तीर्थयात्री तथा पर्यटक सडक मार्ग हुँदै जाने गरेका हुन् । बिहीबार दिउँसो १ बजेदेखि पहिरो पन्छाउने प्रयास भए पनि वर्षाका कारण सम्भव नभएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल