२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

हैकमबादी नीतिले पार्टी चल्दैन : नेता जोशी

२०७४, ६ आश्विन शुक्रबार १०:४६

असोज ६, तनहुँ। नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा नेपाल संवत् नयाँ वर्ष ११३८ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

नेता जोशीले अधिनायकबाद लाद्ने किसिमले काम भएकोले अव यस्तो किसिमले नभई सबैको भावनाको कदर गरी सबैलाई समेट्दै लैजान सक्नुपर्छ भन्नुभयो । 

प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको जग नै १२ बुँदे सम्झौता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयोे– “नेपालको राष्ट्रियता बलियो भयो भने मात्रै नेपाली जनतालाई बचाउन सकिन्छ ।” 

नेपाली काँग्रेसका अर्का नेता प्रदीप पौडेलले विद्यमान राष्ट्रको चुनौतीलाई समाधान गर्ने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको धारणा व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सांसदद्वय धुव्र वाग्ले, झुलबहादुर आले, नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने, प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य लगायतका वक्ताले अहिलेको राजनीति बिषयवस्तुको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश