२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

हैकमबादी नीतिले पार्टी चल्दैन : नेता जोशी

६ आश्विन २०७४, शुक्रबार १०:४६

असोज ६, तनहुँ। नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले हैकमवादी नीतिले जिल्ला र पार्टी चल्न नसक्ने बताउनुभएको छ । 

नेपाली काँग्रेस तनहुँले आज आयोजना गरेको २०७४ सालको वडादशैँ, शुभदीपावली, छठपर्व तथा नेपाल संवत् नयाँ वर्ष ११३८ को शुभ उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

नेता जोशीले अधिनायकबाद लाद्ने किसिमले काम भएकोले अव यस्तो किसिमले नभई सबैको भावनाको कदर गरी सबैलाई समेट्दै लैजान सक्नुपर्छ भन्नुभयो । 

प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रको जग नै १२ बुँदे सम्झौता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयोे– “नेपालको राष्ट्रियता बलियो भयो भने मात्रै नेपाली जनतालाई बचाउन सकिन्छ ।” 

नेपाली काँग्रेसका अर्का नेता प्रदीप पौडेलले विद्यमान राष्ट्रको चुनौतीलाई समाधान गर्ने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको धारणा व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सांसदद्वय धुव्र वाग्ले, झुलबहादुर आले, नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देल, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने, प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य लगायतका वक्ताले अहिलेको राजनीति बिषयवस्तुको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान