2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा भारी मत अन्तरले एमालेलाई हराउँदै माओवादी विजयी

असोज ६, सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा भारी मत अन्तरले एमालेलाई हराउँदै माओवादी केन्द्र बिजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार भरतकुमार थापा ७ हजार २८१ मत ल्याएर मेयर पदमा विजयी छन । उनले नेकपा एमालेका बिष्णु पुलामीलाइ २ हजार ९३८ मतले पछिपार्दै मेयर पदमा बिजयी भएका हुन् ।

एमालेका बिष्णु पुलामीले ४ हजार ३४३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा पनि माओवादी केन्द्रका लिला मोक्तानले ६ हजार ३९४ मत ल्याएर बिजयी भएका छन् ।

उनले एमालेका उपमेयरका उम्मेदावर बिना नेपाललार्इ १ हजार ६३३ मतले पछिपार्दै बिजयी भएका हुन् । बिना नेपालले ४ हजार ७७१ मत प्राप्त गरेकी छन् । 

यस अघि नेपाली कांग्रेसले ४, राजपाले २, संघीय समाजवादी फोरम नेपालले १, लोकत्रान्त्रिक फोरमले १ स्थानमा बिजयी हासिल गरिसकेको छ ।

जसमा नेपाली कांग्रेसले बसवरिया गाउँपालिका, धनकौल गाउँपालिका, रामनगर गाउँपालिका र हरिपुर्वा नगरपालिका जितेको छ । राजपाले नेपालले कैडेना गाउँपालिका र ब्रह्रपुरी गाउँपालिका जितेको छ ।

यस्तै संघीय समाजवादी फोरमले पर्सा गाउँपालिका र लोकत्रान्त्रिक फोरमले बिष्णु गाउँपालिकामा बिजयी हासिल गरेका छन भने नेकपा एमालेले अहिलेसम्म  खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग