२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यात्रुबाहक बस पल्टिँदा १० जना घाइते

२०७४, ७ आश्विन शनिबार ०७:३९

असोज ७, कञ्चनपुर (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । 

धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो । 

घाइतेको झलारी बजारमा रहेको निजी क्लिनिकमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराका २६ वर्षीय गौरी बोहरा, ४२ वर्षीय तुलाराम जोशी, ३५ वर्षीया लीला थापा, उनकै डेढ वर्षीय छोरा सुमन थापा, ३६ वर्षीय दुर्गा जोशी घाइते भएका छन् । 

यसैगरी, घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिका ३५ वर्षीय जयराज भट्ट, ५५ वर्षीय जयबहादुर काफ्ले, ६२ वर्षीय खडकराज जोशी गोदावरी नगरपालिकाका ५५ वर्षीय दलबहादुर विष्ट र ३७ वर्षीय दानसिंह धामी रहेका छन् । 

यात्रुमध्ये दुर्गा जोशीको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वाथ्यकर्मीले बताएका छन् । बसका चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल