2026-09-12 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

असोज ७, गौशाला । जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ । 

प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो । 

त्यस्तै उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गर्नुभएको छ । 

बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी 

बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो । 

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसकै तारादेवी महतोले सात हजार २३ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग