२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक

२०७४, ७ आश्विन शनिबार ११:१६

असोज ७, लहान । सिरहाको १७ स्थानीय तहमध्ये आज विहान सम्म सिरहा नगरपालिका बाहेक सबै स्थानीय तहको मतगणना सकिएको छ । 

अहिलेसम्म सार्वजनिक भएको सिरहाको १६ स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले ६ वटा स्थानीय तहमा विजयी भएको छ, भने संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले चार÷चार तथा नेपाली काँग्रेसले दुई स्थानीय तहमा विजयी हासिल गरेका छन् । 

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी, लहान नगरपालिकामा नेकपा एमाले र सिरहाको बरियारपट्टि गाउँपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् । 

सिरहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा(यशु) ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार श्यामकुमार श्रेष्ठले पाँच हजार ८९ मत प्राप्त गर्नुभयो, भने नेकपा एमालेकै उपप्रमुख पदका उम्मेदवार सुनितादेवी सिंहले चार हजार ९२५ मत प्राप्त गर्नुभएको छ । 

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा नेकपा एमालेका मुनि साह सुडी ११ हजार ३०७ मतसहित प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मतसहित उपप्रमुखमा विजयी हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार अचमितलाल चौधरीले नौ हजार १३१ मत प्राप्त गर्नुभयो । भने काँग्रेसकै उपप्रमुख पदकी उम्मेदवार पुनम चौधरीले नौ हजार ९०६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । फोरमका सन्तोषकुमार महतोले तीन हजार ९७९ मतसहित प्रमुखमा विजयी हुनभएको छ, भने फोरम नेपालकै रेखाकुमारी यादव तीन हजार ७६३ मतसहित उपाध्यक्षमा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । 

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा काँग्रेसका बालेश्वर यादवले दुई हजार ८८१ र उपाध्यक्षमा काँग्रेसकै कुमारी यादवले दुई हजार ८५५ मत ल्याउनुभएको छ । 

त्यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह चार हजार चार मतसहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव तीन हजार ६४६ मतसहित विजयी हुनुभएको छ । 

उहाँहरुको निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार चतुरानन्द ठाकुरले तीन हजार २४५ र उपाध्यक्षमा काँग्रेसकै अमरकला यादवले तीन हजार ३७१ मत प्राप्त गर्नुभयो । -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी