२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

माओवादी केन्द्रद्वारा उम्मेद्धारको प्रारम्भिक सूचि प्रदेश कमिटीमा

२०७४, ८ आश्विन आईतवार ०५:१७

होम साउद | असोज ८, अछाम | नेकपा माओवादी केन्द्र प्रदेश सभा र संघिय संसदको चुनावी तयारीमा लागेको छ । आगामि मंसिर १० र २१ गते २ चरणमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले समानुपातिक उम्मेद्धारको बन्द सुची तयार पार्ने र अन्य आन्तरिक रणनीतिको तयारी गरिरहेको बताईएको छ । 

यसैविच नेकपा माओवादी केन्द्र अछामले पनि मंसिरमा प्रदेश र केन्द्रिय संसदको निर्वाचनको तयारी स्वरुप बिभिन्न आन्तरिक तयारी अघि बढाएको जनाएको छ । पार्टीले जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा पार्टी कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेश र केन्द्रीय संसदको लागि समानुपातिक तर्फवाट पार्टीका उम्मेद्धारहरुको प्रारम्भिक बन्दसुची पनी तयार गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए । संयोजक साउदका अनुसार केन्द्रिय संसदका लागि अछाम क्षेत्रनम्वर १ वाट पोलिटब्यूरो सदस्य तारामान स्वार, केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य प्रकाश परियार र क्षेत्रनम्वर २ वाट  केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य जोरा सिंह बिष्ट, जिल्ला सदस्य जीवन बिक र अमृता वलि (भूल)को प्रारम्भिक नामावलि समानुपातिक उम्मेद्धारको बन्दसुचीका लागि प्रस्ताव गरेको छ । २ वटै क्षेत्रवाट समावेसी तरिकाले ३/३ जनाको नामावली प्रदेश कमिटीमा पठाईएको जिल्ला संयोजक साउदले बताए । 

यस्तै माओवादी केन्द्र अछामले प्रदेश सभा अन्तर्गत मेल्लेख, जयगढ र रामारोशन गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट जिल्ला संयोजक झपट साउद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा गरि ४ जनाको नाम प्रारम्भिक सूचिमा पठाएको छ भने साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिका समेटीएको निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य टंक रावल, सुरत भूल, राम बहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउद र टेक बहादुर थापा गरि ६ जना नेताहरुको प्रारम्भिक नामावलि प्रदेश कमिटी लाई प्रस्ताव गरेको छ ।

यस्तै मंगलसेन नगरपालिका, ढकारी गाँउपालिका तथा कमलबजार नगरपालिकाको केही वडा समेटीएको प्रदेश निर्वाचन क्षेत्रवाट केन्द्रिय महाँदिवेशन आयोजक कमिटी सदस्य लोक बहादुर बोगटी, जिल्ला सदस्य मोतीकला चलाउने र खडक सुज्जी गरि ३ जना लाई सिफारिस गरिएको छ भने बिनायक नगरपालिका, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटीएको अर्को प्रदेश निर्वाचन क्षेत्रवाट दिपक रोकामगर, अमर बिक र उदय बहादुर बिष्ट गरि ३ जनाको नाम प्रदेश सभाका लागि समानुपातिक उम्मेद्धारका रुपमा सिफारिस गरिएको छ ।

जिल्ला पार्टीले केन्द्रिय संसद र प्रदेश सभाका लागि समानुपातिक बन्दसूचिका लागि प्रारम्भिक सूचि पार्टी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको जिल्ला संयोजक साउदले जानकारी दिए । पार्टीले प्रदेश र केन्द्रिय संसदको प्रत्यक्ष तर्फको उम्मेद्धार कसलाई सिफारिस गर्ने भन्ने विषयमा पनी छलफल चलाईरहेको र त्यसको टुंगो पनी असोज २०/२२ गतेभीत्रै जिल्ला कमिटी बैठकले लगाईसक्ने उनको भनाई छ । अन्य आन्तरिक तयारी, पार्टी ध्रुविकरण जस्ता गतिविधमा छलफल चलाईरहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभा तथा संघिय निर्वाचनमा माओवादी केन्द्र अछाममा एक्लै चुनाव लड्न तयार रहेको तर आवस्यकता अनुसार समिकरणका लागि पनी सबैसंग बाटो खुल्ला जिल्ला संयोजक साउदको भनाई छ ।

माओवादी केन्द्रले आगामि मंसिरमा हुने निर्वाचनका लागि मतदाता भेटघाट, स्थानीय तह अन्र्तगतका कमिटी बैठक र वडा कमिटी बैठक गर्ने लगायतका आन्तरिक गतिविध समेत सञ्चालन गर्न लागेको बताएको छ । प्रदेश र केन्द्रिय संसदका लागि अछाममा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो