2026-10-30 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोट : नेपालले सामोआलाई दियो दुई सय १२ रनको चुनौती

काठमाडौँ | ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आज आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित खेलमा नेपालले सामोआलाई जितका लागि दुई सय १२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । त्यसैगरी लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।

यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । सामोआ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम