२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

४ कार्तिक २०८२, सोमबार १२:५५

काठमाडौँ | सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।

आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि रु ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु एक हजारसम्ममा बिक्री गरेका छन् ।

एक किलो सयपत्री फूलको माला बजारमा रु एक हजार ५०० मा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताउनुभयो । उहाँले आज एउटा सयपत्रीको माला रु एक हजार ५०० का दरले खरिद गरेको जानकारी दिनुभयो ।

राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो । उहाँले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको रु ३०० मा बिक्री गरेकोमा आइतबार रु ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताउनुभयो ।

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको रु ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको रु एक हजार ३०० मा आज बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उहाँले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिनुभयो ।

एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई रु २५ देखि रु ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै रु ४० देखि रु. ४५ मा बिक्री गरेकाले व्यापारीले रु १०० सम्ममा बिक्री गरेको बताउनुभयो । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उहाँले बताउनुभयो ।

गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको रु ४०० देखि ५०० सम्ममा बिक्री भएको बताउनुभयो । बिचौलियाले फूल र माला बजार पु¥याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उहाँको भनाइ छ ।

पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिनुभयो । उहाँले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष रु पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले रु एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताउनुभयो ।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिनुभयो ।

बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे रु ६० मा बिक्री हुँदै आएकोमा आज रु १५० सम्ममा बिक्री भएको र बिमिरो रु ३० मा बिक्री हँुदै आएकोमा आज रु १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य