2026-09-08 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएकाहरुले गरे अन्नपूर्ण आधार शिविरको पदयात्रा

काठमाडौँ | अपाङ्गता भएका व्यक्तिहरुले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका छन् ।

अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाले यही कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गर्नुभएको थियो । पदयात्रा आज पूरा भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिनुभयो ।

पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहनुभएको थियो । उहाँहरुको सहयोगीका रूपमा बन्दना राई सहभागी हुनुभएको थियो ।

“अपाङ्गतामैत्री नीति र भौतिक संरचना निर्माण तथा पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको पदयात्रा सफल भएको छ”, सञ्जालका सचिव विकले भन्नुभयो, “आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरु सहजै तरिकाले आधार शिविर पुग्नुभयो । कतिपय स्थानको पदमार्ग र बस्ने होटल अपाङ्गमैत्री नभएको पाइयो । अपाङ्गता भएका व्यक्तिहरु पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौँ ।”

मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटर दूरीको पदयात्रा गरेर आधार शिविर पुगेका उहाँहरु सकुशल फर्किनुभएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रर्वद्धनात्मक कार्यक्रमपछि आधार शिविरमा यस शरद्याममा उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित