२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

२०७४, ९ आश्विन सोमबार ०३:५३

असोज ९, लहान । मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् ।

मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् ।

आन्दोलनकै गर्भबाट जन्मेको राजपाले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी हार्नुले आफूहरु आश्चर्यमा परेको सर्वसाधारण बताउँछन् । राजपाका नेताबीच टिकट वितरणमा भएको किचलो, ढिलो गरी चुनावमा जाने निर्णय गर्नुजस्ता कारणले राजपा यहाँ नराम्ररी पराजित भएको लहान नगरपालिका– ८ का सत्यनारायण चौधरी बताउँछन् । उनी भन्छन्, ‘समयमा उपयुक्त उम्मेदवार तय गर्न सकेको भए, यस्तो नराम्रो राजपाको परिणाम आउने थिएन, यसमा धेरै कमीकमजोरी भएको छ ।’

सर्वसाधारण मात्र होइन, स्वयं राजपाका नेतासमेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम आएको स्वीकार्छन् । निर्वाचन हुनुभन्दाअघिसम्म हाम्रो यस्तो नराम्रो परिणाम आउँछजस्तो लागेको थिएन,’ राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतोले भने, ‘तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्यमा परेका छौं ।’

‘धेरै नभए पनि सिरहामा तीन/चार वटा स्थानीय तह जित्छौँ, भन्ने लागेको थियो, तर त्यो हुन सकेन,’ उनले अगाडि भने, ‘हामी लामो समयसम्म आन्दोलनमै रह्यौं, अर्को कुरा आन्दोलनकै बीचमा पार्टीले ढिलोगरी चुनावमा जाने निर्णय गर्‍यो, जसका कारण सही ढंगले उम्मेदवार चयन गर्न सकेनौँ, हतारहतारमा चुनाव लड्नुपर्नेजस्ता कारणले हामीले सिरहामा नमिठो हार बेहोर्नु पर्‍यो ।’

अहिलेको चुनावमा भएको कमीकजोरीबाट पाठ सिकेर अगामी मंसिरमा हुने चुनावमा बढी सिट जित्ने गरी तयारीमा जुटेको उनी बताउँछन् । यस्तै सत्ताघटक नेपाल लोकतान्त्रिक फोरमले पनि सिरहामा खाता खोल्न सकेन । 

निर्वाचनको पूर्वसन्ध्यामा पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिरहामा पार्टीलाई जिताउन ठूलै प्रयास गरे तर उनको प्रयास सार्थक हुन नसक्दा नेता कार्यकर्तामा निराशा छाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको चार वटा क्षेत्र जितेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचनमा मात्र दुई वटा स्थानीय तह जित्न सफल भएको छ ।

काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, प्रभावशाली नेता प्रदीप गिरी, पद्मनारायण चौधरीजस्ता काँग्रेसका प्रभावशाली नेताको गृह जिल्लासमेत रहेको सिरहामा काँग्रेस कमजोर भएको काँग्रेसीजनको बुझाइ छ ।

पार्टीभित्र देखिएको गुटउपगुट, समयमा उम्मेदवार चयन हुन नसक्नु, उम्मेदवार चयनमा देखिएको तीव्र विवाद लगायतका कारणले जिल्लामा पार्टीले धेरै स्थानीय तह गुमाउनुपरेको काँग्रेसका नेता बताउछन् ।

असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा राजपा र नेपाल लोकतान्त्रिक फोरमले सिरहामा खाता खोल्न नसक्दा यसको फाइदा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले उठाएको देखिन्छ ।

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाको ६ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित्न सकेको माओवादीले स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ६ वटा स्थानीय तहमा जीत हासिल गर्दै पहिलो शक्ति बनेको हो ।

सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ । निर्वाचन दलको परीक्षण हुने प्रक्रिया भएकाले अहिलेको निर्वाचनमा भएका कमीकमजोरीबाट पाठ सिक्दै संगठन सुदृढीकरण र आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने गरी तयारी थाल्नु जरुरी रहेको बुद्धिजीवीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी