२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकाता महावाणिज्य दूतावासमा दशैँ शुभकामना

२०७४, ९ आश्विन सोमबार ०७:३१

असोज ९, काठमाडौँ। नेपाली महावाणिज्यदूतावास, कोलकाताले बडादशैंका उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

महावाणिज्यदूत एकनारायण अर्यालले आयोजना गरेको सो कार्यक्रममा नेपाली सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापालगायत नेपाली सङ्घसंस्था र जनसमुदायको सहभागिता थियो । 

सोही उपलक्ष्यमा आइतबार नै दिलीप थापा डान्स स्कुल, हाउडाले डान्डिया उत्सव–२०१७ सम्पन्न ग¥यो । नेपालका दिलीप थापाले संयोजन गरेको सो गुजराती नृत्य कार्यक्रममा विभिन्न विद्यालयका नेपाली र मारवाडी समुदायका ११० विद्यार्थीको सहभागिता थियो । प्रतियोगिताका निर्णायकमा आयुषी अग्रवाल र विकास सिंह हुनुहुन्थ्यो । 

कार्यक्रममा थेलोसेमिया रोगबाट पीडित शिशु तथा किशोरकिशोरीलाई फलफूल र मिठाइ वितरण गरिएको थियो । 

सो अवसरमा महावाणिज्यदूत अर्यालले थापाजस्ता नेपालीहरुले भारतमा सांस्कृतिक र सामाजिक सेवाका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय सद्भाव बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा हावडाका कन्सुलर मल्लिका राय चौधरीको पनि उपस्थिति थियो ।     रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल