Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  


2026-09-19 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विभाजनपछि राप्रपाको जिल्ला भेला सम्पन्न– संयोजकमा प्रकाश पौडेल तोकिए

 


पर्वत । एकताको नौ महिना नपुग्दै संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित भएपछि त्यसको प्रभाव पर्वतमा समेत परेको छ ।


दुइ महिना अगाडी  विभाजन भएको राप्रपा पर्वतको संस्थापक पक्षले सोमबार जिल्ला भेला आयोजना गरी अर्को व्यवस्था नभएसम्मको लागि जिल्ला नेता प्रकाश पौडेललाई संयोजकका रुपमा जिम्मेवारी सुम्पेको छ ।


जिल्ला भेला पाटीका उपाध्यक्ष नारायणदत्त भुषालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राप्रपा पर्वतका पूर्व अध्यक्ष ठाकुर प्रसाद भुषालले पार्टीको आगामी रणनीति, पाटीको विभाजपछि परेको प्रभाव र आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावको लागि जिल्लास्तरबाट हुने भूमिकाको बारेमा कार्यकर्तालाई जानकारी गराएका थिए ।


संस्थापक पक्षले दशै र तिहारको विचमा पार्टीको नेतृत्व चयन गरी जिल्लामा पार्टीलाई चुस्त रुपमा अगाडी बढाउने निर्णय गरेको प्रकाश पौडेलले बताए ।


कार्यक्रममा  ठाकुरबम मल्ल, गंगे दमाई  लगायतले बोलका थिए । सोही अबसरमा दशै तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


 यहि साउनमा राप्रपाका पशुपतीशमशेर राणाले  ६६ जना केन्द्रीय सदस्य र २२ सांसदको हस्ताक्षरसहित  राप्रपा प्रजातान्त्रिक पार्टी दर्ता प्रक्रिया अघि बढाएका थिए ।


मंसिर ६ गते राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भई राप्रपा बनेको थियो। पहिलो चरणको स्थानीय तह चुनावमा अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि पार्टी्भित्रको विवाद सतहमा देखिएको थियो।


 


’फागुनमा भएको एकीकरण महाधिवेशनको भावनाअनुसार अध्यक्ष कमल थापाले पार्टी नचलाएका कारण असन्तुष्टि बाहिर आएको जनाइएको थियो ।


राप्रपा केन्द्रीय समिति १ सय ६१ सदस्यीय छ। अध्यक्ष थापाको कार्यशैलीप्रति असन्तुष्ट राणाले साउन पहिलो साता भएको केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए।


पहिलो चरणको चुनावपछि पार्टी विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य पु‍¥याउन राणाले हस्ताक्षर संकलन गर्न थालेको जानकारी पाएपछि अध्यक्ष थापाले विधानको अधिकार प्रयोग गर्दै ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।


राप्रपा विभाजन नौलो विषय भने होइन। अधिकांश पूर्व पञ्च नेतृत्वमा रहेको राप्रपा पटकपटक एकीकरण र विभाजित हुँदै आएको छ। २०४७ जेठ १५ गते एकै दिन राप्रपा (थापा) र राप्रपा (चन्द) गठन भएको थियो। त्यसपछि यी दुई पक्षबीच एकता र विभाजन हुँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो