Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि खोटाङ कांग्रेसवाट जम्बो नामावली सार्वजनिक, वाजी कसले मार्लान ?

२०७४, १० आश्विन मंगलवार ०३:०६

चिसाङ शेर्पा | असोज १०, खोटाङ | नेपाली कांग्रेस खोटाङले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको जम्बो नामावली सार्वजनिक गरेको छ । 

आगामी १७ गतेभित्र काठमाण्डौमा पुग्नेगरी कांग्रेसले ४७ जना उम्मेद्वार आकाङक्षीको नामावली सिफारिस गर्ने जनाएको छ । दिक्तेलमा सोमवार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्वारमा शिवकुमार वस्नेत, नवराज केसी, सर्वधन राई, सरस्वती वजिमय, कृष्ण कुमार राई रहेका छन् । समानुपातिकमा हिरा गुरुङ, नवराज केसी, पदम निरौला, योगेन्द्र राईको नाम सार्वजनिक गरेका हुन् ।

प्रदेशसभातर्फको एक नम्बर प्रदेशका लागि नरेश कुमार श्रेष्ठ, सुवास कुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्र सिं ठकुरी र भगवती निरौला रहेका छन् । समानुपातिकका उम्मेद्वारहरुमा ज्ञानेन्द्र जोशी, जनक कार्की, फटिककुमार श्रेष्ठ, चक्र राई, डा. राजकुमार राई, भक्तजंग राई, रोजन राई, दुरेन राई, शान्तिदेवि राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवि रेग्मी, उमेशचन्द्र आचार्य र  कुमार पुरीको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

यस्तै, दुई नम्बर प्रदेशको प्रत्यक्षतर्फमा विष्णुकुमार राई, रविप्रकाश राई, महेन्द्र कुमार कट्वाल र रमेश खड्का छन् । समानुपातिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, वसन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेम वहादुर खड्का, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, प्रेमकुमार कट्वाल र ललिता राउत रहेका छन् । 

‘टिकटका लागि लगभग पार्टीमा संलग्न क्रियाशिल सवै नेताहरुको सालाखाला रुपमा नाम सिफारिस गरिएको खोटाङ कांग्रेसका सभापती नरेश कुमार श्रेष्ठले बताए । सवैको नाम अटाउँदा पार्टी एकजुट हुने र आगामी निर्वाचनमा विजयी हाँसिल गरीने श्रेष्ठको भनाई छ ।’

निर्वाचन लक्षित गरेर जिल्ला व्यापी साधरण सदस्य वितरण र कोजाग्रत पुर्णिमाका दिन ७९ वडामा शुभकामना आदानप्रदान गरिने कांग्रेसले जनाएको छ । यद्यपी, सवैको नाम सिफारिस गरिंदा पार्टीमा टिकटका लागि काग्रेस नेताहरुलाई लविङ गर्ने वाटो खुल्ला भएको छ । टिकटको टुङगो नलागेसम्म कसले वाजी मार्लान भनेर कांग्रेसका नेताहरुको निन्द्रा हटेको छ ।

प्रत्यक्षमा एक महिलासहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित ३ जनाको नाम सिफारीस गर्न केन्द्रले निर्देशन दिएता पनि कांग्रेस खोटाङले निर्वाचनमा भागलिन ईच्छुक अधिंकास नेताहरुको जम्बो नामावली सिफारीस गरेको छ ।

माथिको तश्विरमाः पत्रकार सम्मेलनमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेद्वारहरुको जम्बो नामावली सार्वजनिक गर्नुहुदै कांग्रेस खोटाङका सभापती नरेश कुमार श्रेष्ठ तस्विर, चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै