असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र "/>
2026-07-24 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनमा माओवादी केन्द्र तेश्रो !

असोज ११, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको मतगणना अन्तर्गत १ सय ३६ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा माओवादी केन्द्र चौथो स्थानमा देखिएपनि समग्रमा तेश्रो स्थानमा देखिएको छ ।

अझै केहि स्थानीय तहको निर्वाचनको नतिजा आउन भने बाँकी छ । वीरगञ्ज महानगरसहित तीन ठाउँको मतगणना अझै जारी रहँदा हालसम्म मतपरिणाम आईसकेका स्थानीय तहहरुमा कांग्रेसले ३९, संघीय समाजवादी फोरमले २५ र राजपाले २४ स्थानीय तह जितेका छन् । त्यस्तै माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमाले १८ वटामा विजयी भएको छ । तर पपुलर भोटको आधारमा यो परिणामले कांग्रेस, एमाले र माओवादीलाई नै क्रमश पहिलो, दोश्रो र तेश्रो पार्टीको रुपमा मत दिएको देखिएको छ । 

पाँचौं स्थानमा रहेको एमाले पपुलर भोटको आधारमा दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर २ मा २६ लाख ६४ हजार नौ सय ५० मतदाता रहेका मध्ये ७६ दशमलव ०८ प्रतिशत अर्थात् २० लाख २७ हजारभन्दा बढी मत खसेको छ ।

प्रदेश नम्बर २ मा मत खसेकोमध्ये अहिलेसम्मको नतिजा मध्ये कांग्रेसले चार लाख १३ हजार पाएको छ । २०७० को निर्वाचनमा प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसले २१.८ प्रतिशत मत पाएकोमा अहिले पनि त्यसकै हाराहारीमा मत पाएको छ । त्यस्तै एमालेले ३ लाख ८ हजार मत पाएको छ । एमालेले पाएको यो मत २०७० को दोस्रो संविधानसभामा उसले पाएको मतको तुलानामा कम हो । त्यसबेला एमालेले १९ दशमलव ४ प्रतिशत मत पाएको थियो । अहिले उक्त परिणाम घटेर १५ प्रतिशतको हाराहारीमा झरेको छ  ।

त्यस्तै प्रदेश नम्बर २ को स्थानीय तहको पपुलर मतलाई आधार मान्ने हो भने माओवादी केन्द्र र एमाले हाराहारीमा देखिएका छन् । माओवादीले २ लाख ९२ हजार मत पाएको छ । माओवादीको यो परिणाम अघिल्लो निर्वाचनमा भन्दा राम्रो हो ।

त्यस्तै मधेसी दलहरु संघीय समाजवादी फोरम र राजपाबीच कडा टक्कर छ । पपुलर मतलाई हेर्दा राजपा भन्दा संघीय फोरम अगाडी छ ।  संघिय फोरमले बिरगंजमा जित दर्ता गराउने बलियो स्थिति छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक