२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

१२ आश्विन २०७४, बिहीबार ०४:५२

असोज १२, बाबियाचौर, म्याग्दी | आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ । 

नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । 

मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा एक र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको छ । संघको प्रत्यक्षतर्फ जिल्ला संयोजक तथा पूर्व सभासद् गोविन्द पौडेल, खुमनाथ सुवेदी र चन्द्रबहादुर घिमिरेलाई सिफारिस गरिएको सचिवालय सदस्य शेरबहादुर केसीले जानकारी दिनुभयो । 

यसैगरी, समानुपातिकतर्फ विश्वसेन मल्ल र यामन रोकाको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ को प्रत्यक्षतर्फ सुवास विक र हरि भण्डारी, २ मा पुनम खड्का, याम रोका र राजेन्द्र शेरचनलाई सिफारिस गरिएको छ । 

प्रदेशको समानुपातिकतर्फ क्षेत्र नं १ मा ईन्द्रबहादुर पुन, हेमा छन्त्याल र लालकुमारी पुन तथा क्षेत्र नं २ बाट टेकबहादुर विक र होमलाल पुनको नाम सिफारिस भएको छ । प्रदेशसभाको क्षेत्र नं १ मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा क्षेत्र नं २ मा मंगला, मालीका र धौलागिरि गाउँपालिका रहेका छन् । 

संघको निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र ४५ वटा वडा रहेको म्याग्दीमा वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा ७१ हजार ३६३ जना मतदाता रहेका थिए । नेपाली काँग्रेस र नेकपा (एमाले) ले पनि उम्मेदवार सिफारिसको प्रक्रिया अघि बढाएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली