२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपाली पनि दशै परदेशमै, परदेशमा दिन विताउने (परदेशीको कथा)

१२ आश्विन २०७४, बिहीबार ०५:५८

चिसाङ शेर्पा |  असोज १२, खोटाङ | वडादशैको सातौ दिन आज घर–घरमा फुलपाती भित्रिएसंगै विजयादशमीको रौनक वढ्न थालेको छ । मानिसहरु टाढा–टाढावाट दशै मनाउँन घर आएका छन् । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउँने भएकाले सवैको जमघट घरगाउँमा बढ्न थालेको छ । उता, अन्य समयमा सामान्य लागे पनि परदेशमा रहनेहरुका लागि भने दशै, तिहारजस्ता चाडपर्वले पिडा थप्ने गरेको छ ।

वर्षदिनमा एकपटक आउँने दशै तिहार पर्व मनाउँन यतिवेला शहर वजार तथा परदेशवाट घर गाउँ आउनेको लहर चलिहंरदा परदेशमा रहेकाहरुको मनमा भने घर परिवार, साथीसङगीहरुको सम्झनाले पिरोल्न थालेको छ । 

१२ वर्षसम्म परिवारसंग दशै मनाउँन नपाएको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का राज वहादुर तामाङको यसपाली दशैको टिकाको दिनमा पनी ड्यटी रहेको बताए । मलेशियाको साहआलम वेस्टरी गार्ड फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत तामाङको कम्पनीमा छुट्टि नमिल्ने र मिले पनि एक्लै कोठामा वस्नुपर्ने हुंदा परिवारको यादले झन पिरोल्ने सुनाए ।

जालपाका प्रेम पाख्रिनले १० वर्षयता परिवारसंग दशै मनाउन पाएका छैनन् । युनाईटेड ईलेक्ट्रिोनिक्स कम्पनी एक्स्ट्रा साउदीमा कार्यरत तामाङलाई कम्पनीले एकदिन पनि विदा नदिएको बताए । ईगल आई सेक्युरिटी कम्पनी वातुटिका मलक्का मलेशियामा कार्यरत सुन्तले ३ राछालुङका डम्बर पुर्वछाने मगरले दशै नमनाएको ३ वर्ष पुरा भएको छ । यसपाली दशैमा पनि कम्पनीवाट छुट्टि नदिंदा नरमाईलो लागेको बताए । टिकाको दिनमा पनि काम मै व्यस्त हुने जानकारी दिनुभयो ।

लामीडाडाँ गाउपालिका ६ का विनोद कुमार विशंखेको पनि पिडा उस्तै छ । कतारमा कार्यरत उनले ४ वर्षसम्म दशै फेसवुकमा मात्रै मनाएको बताए । उनले भने, ‘कम्पनीले विदा दिदैंन, दशैको फोटो फेसवुकमा हेर्छु चित्त वुझाउँछु ।

एचएल म्यानुफ्याक्टरिङ कम्पनी मलेशियामा कार्यरत खोटाङ बराहापोखरी गाउँपालिका ५ वुयाटारका कृष्ण बहादुर खड्कालाई दशै तिहार आउनुभन्दा नआएको राम्रो हुने वताउँछन् । ‘एक दिनका लागि बिदा माग्दा पाईएन, हामी नेपालीहरु कोहि पनि काममा आउँदैनौ भन्दा, जो आउँदैन उसको त्यो दिनको एक सय आरएम तलब काटिने र १५ दिन ओभरटायम नदिने धम्कि पाईयो उनले सुनाए ।’

खड्काले भने ‘ चार वर्ष वित्यो दशै नमनाएको, छुट्टि लिएर फोनबाट भएपनि परिवारसँग नजिकिएर आशिष पाउने आस मरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य