२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा काँग्रेसले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

१३ आश्विन २०७४, शुक्रबार ००:१९

सम्राट सिंह | असोज १३, बझाङ | नेपाली काँग्रेस बझाङले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बिहिबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ माननिय सांसद चन्द्रादेवि जोशी,जिल्ला पार्टी सभापती हर्कजंग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र डा. अम्मर राज जोशीको नाम सिफारिस गरेको छ भने समानुपातीक तर्फ शिद्घराज जोशी , भक्तराज जोशी,हरि प्रसाद उपाध्याय,दिपक राम जोशी,प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस गरेको छ । यसैगरी प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जगत प्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र धु्रवराज उपाध्याय को नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ उत्तम रोकाया,खडक बोहरा,उमाशंकर जोशी,बिष्णु कुमार सिंह( जगत),सम्मशेर बम्म,राम बहादुर महर,शिद्घराज जोशी,नारायण हमाल,बिष्णु ऐडी,खगेन्द्र प्रसाद जोशी,शान्ति पुजारा,देवि कुमारी सेटी,सुनिता थापा,हिरादेवि रोकाया खत्री, र पार्वती बिष्टको नाम सिफारिस गरेको नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सदस्य उत्तम रोकायाले बताए । 

क्षेत्र नम्बर २ बाट मा भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार नछुट्याएर एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ जसमा नरेस बहादुर सिंह,डा. सुरेश मल्ल,प्रताप गुरुधामी,रमेस भण्डारी,बिष्णु दौल्याल,गुणाकर जोशी,गणेश भण्डारी, मिनादेवि रावल,शान्ति कुमारी महत,मनिशा धामी,कुमार जंग बहादुर सिंह,केशवराज जोशी,कविराज गिरी,सुर्यप्रकाश जोशी,देवराज शर्मा,इश्वर मल्ल, मनजीत ताम्राकार, नरेस थापा र कवि जप्रेलको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने नेकपा एमाले पनि उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक चहलपहल फेरी बढ्दै गएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली