२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि डिभी खुल्ने, कसरी भर्ने ? कहिलेसम्म छ म्याद ?

२०७४, १७ आश्विन मंगलवार ०३:११

असोज १७, काठमाडौँ | सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता आज बेलुका ९:४५ बजेदेखि सुरु हुँदैछ । आजदेखि खुल्ने डिभी कार्यक्रम नोभेम्बर 7, २०१७ (२०७४ कार्तिक २१) बन्द हुनेछ ।

डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । अवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

लाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिन्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।

डि.भी. का लागि छनोटमा परेनपरेके थाहा पाउनको लागि कुनै फोन र इमेल नअउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दुतावासले सचेत गराएके छ। रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको  बसाइट https://np.usembassy.gov/visas/immigrant-visas जान दुतावासले सल्लाह दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने