सम्राट सिंह/असोज १७, बझाङ । बझाङमा विवेकशिल साझा पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको छ ।
आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि विवेकशिल साझा पार्टीले सोमबार प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुङ्गो लगाएको हो ।
विवेकशिल साझा पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बिश्व प्रकाश जेठारा र समानुपातिकमा रमेस महरको नाम घोषणा गरेको विवेकशिल साझा पार्टीका सदस्य नयन बहादुर मल्लले बताए । उनले भने क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मोहन बहादुर सिंह र समानुपातिकतर्फ हर्क बहादुर बम्म र क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ रविन्द्र बहादुर बम्म र समानुपातिकतर्फ सुरत बहादुर मल्लको नाम टुङ्गो लागेको छ ।
आगामी मंसिर १० गते हुन गइरहेको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको टुङ्गो लगाइसकेको छ भने नेपाली काँग्रेसले पनि जम्बो टोलीको नाम केन्द्रमा सिफारिस गरेको छ यसैगरी नेकपा एमालेले भने उम्मेदवारको टुङ्गो लगाउन आजदेखि आन्तरिक छलफल सुरु गरेको छ ।