2026-07-02 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाली काग्रेस अछामद्धारा १ सय २० जनाको नाम केन्द्रमा सिफारिस (नामावलीसहित)

2017-10-04

कमल रावल/असोज १८, अछाम । नेपाली कांग्रेस अछामले प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी उम्मेद्धवारहरुको नामावली केन्द्रमा पठाएको छ । 

जिल्ला कार्य समिती अछामको बैठकले १ सय २० जनाको नामावलि केन्द्रमा सिफारिस गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी नेपाली कांग्रेस क्षेत्र नम्बर १ र २ ले जिल्ला कार्य समितीलाई सिफारीस गरी पठाए बमोजिम सबै आकाँक्षी उम्मेद्धवारहरुको नामावली केन्द्रमा पठाएको हो । 

जसमा प्रतिनीधी सभा सदस्यका लागी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष गोबिन्द बहादुर शाह, ध्वज  बहादुर कुवर, भरत कुमार स्वार, मेघराज खड्का र राजेन्द्र बहादुर कुवर, त्यस्तै समानुपातिक तर्फ अर्जुन ताम्राकार, टक्कर कडायत, डम्बर बहादुर सुनार, धर्मराज न्यौपाने, बल बहादुर कुवर रहेका छन । 

प्रदेश सभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेश सभा सदस्यका लागी प्रत्यक्ष तर्फ टिकाराम खनाल, टेक बहादुर कुवर, भक्त बहादुर ठकुल्ला, राजन कुवर, महेन्द्र बहादुर कडायत, त्यस्तै समानुपाती तर्फ टक्कर बहादुर ताम्राकार, भरत बहादुर कुमाल, राधिका भुजेल, भुवनेश्वरी शर्मा, ललित बहादुर कुवर लगाएत १० जना अन्य रहेका छन । 

प्रदेश सभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा प्रदेश सभा सदस्यका लागी टेक बहादुर साउदको मात्र निर्वीरोध सिफारिस भएको छ भने समानुपातिक तर्फ अनुराधा स्वार, कालि बहादुर बुढा, झकर बहादुर साउद, तिलक बहादुर खत्रि, नृप बहादुर खडका, प्रेम बहादुर बुढा, शेर बहादुर शाह, हर्क बहादुर स्वार रहेका छन । 

यता क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ पुष्प बहादुर शाह, बल बहादुर कुवर, गणेश बहादुर बिष्ट, मान बहादुर रावल, राम बहादुर बिष्ट, देवराज देवकोटा, अक्कल बहादुर बिष्ट, यज्ञराज ढुगाना, समानुपातीकका लागि कमल बहादुर बिक, दिल बहादुर धामि, दुरपता कुमारी शाह, डाक्ट्र तिलक बहादुर रावल, निर्मला स्वार रावल, पहलमान कामि, बेलुदेवि साउद, भुमिसरण ढकाल बजगाई, ललित कुमार बिष्ट, लाल बहादुर शाही, हेमराज ढुगाना, विर बहादुर रावलको नाम सिफारिस भएको छ । 

प्रदेश सभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यका लागी अम्बीका कुमारी चलाउने, वेदप्रकाश तिमिल्सैन, कर्ण बहादुर बुढा, टँक बहादुर धामि, दिल बहादुर धामि, बासु बटाला रावल, यज्ञ प्रसाद ढकाल, रण बहादुर बिष्ट, राम बहादुर शाही, सुरत बहादुर बिष्ट, लाल बहादुर शाही, समानुपातिकमा अम्बीका कुमारी थापा, कमल बहादुर विक, धर्मराज देवकोटा, यज्ञप्रसाद ढकाल, राम बहादुर शाही, लक्ष्मण बहादुर शाही लगाएत १३ जना अन्य रहेका छन । प्रदेश सभा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्यका लागी चन्द्र प्रसाद ढुगाना, डण्ड प्रसाद भाट, नम बहादुर शाही, पदमराज अधिकारी, पदम बहादुर साउद, प्रकाश बहादुर साउद, पुर्ण बहादुर बुढा, प्रेम बहादुर रावल, बल बहादुर बिष्ट, सुरत बुड्थापा, सुरेन्द्र बहादुर बिष्ट, समानुपातिक तर्फ अन्जु मल्ल, नमिता रावल बिष्ट, नम बहादुर शाही, पुष्पराज भण्डारी, निर्मला रावल, पुर्णा शाह, विष्णु प्रसाद बजगाई, विपि रेग्मी, विष्णु बहादुर खड्का, भवानी प्रसाद रिमाल, मनसरा रावललगाएत अन्य ८ जनाको नाम समेतजिल्ला कार्य समिती अछामले केन्द्रमा सिफारिस गरि पठाएको जिल्ला कार्यालय सचिव महेश जैसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक