२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका दलद्वारा प्रदेश र संघका उम्मेदवारको टुङ्गो लगाए, को-को परे ?

१९ आश्विन २०७४, बिहीबार ०२:१८

असोज १९, डोटी (रासस) । आगामी मंसिरमा हुने भनिएको प्रदेश र केन्द्रको चुनावका लागि डोटीमा मुख्य राजनीतिक दलले उम्मेदवारको प्रस्तावित खाका सार्वजनिक गरेका छन् । 

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिबाट नाम टुंगो लगाइरहेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले अन्तिम नाम टुंगो लगाएका छन् भने एमालेको बैठक जारी रहेको छ । 

आकांक्षी उम्मेदवारको लामो सूचीसहित काँग्रेसले आफ्नो निर्णय गरेको छ । केन्द्रीय तहका लागि वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, टेकराज ओझा, पुष्पकुमार शाही र प्रसिस महरा गरी आधा दर्जन नेताको नाम केन्द्रमा पठाइएको छ । 

समानुपातिकतर्फका लागि भक्तबहादुर बलायर, प्रतिमा शाही, दीपक शाही, कल्पना शोव, सीतादेवी चोपडा, प्रेमा श्रेष्ठ र पार्वती चन्द गरी सातजनाको नाम संघको समानुपातिक सूचीमा पठाइएको छ । 

काँग्रेसबाट प्रदेश सभामा क्षेत्र नं १ प्रत्यक्षतर्फ भरतबहादुर कठायत, लक्ष्मण खड्का, रामबहादुर रोकाया, धनश्यामदत्त पाठक, नरबहादुर ढाँटसहित एक दर्जन नेताको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट प्रदेशसभा प्रत्यक्षबाट योगेन्द्रबहादुर शाही, भूमिराज बडु, प्रदीपकुमार देउवासहित ११ जनाको नाम सिफारिस गरिएको छ । 

काँग्रेसले प्रदेश सामानुपातिकतर्फबाट कृष्ण दर्लामी, तेजबहादुर पुन मगर, लालबहादुर विक, पवित्रा भट्ट फुलारा, रश्मी खडायत कुँवरसहित १३ जनाको नाम प्रस्ताव गरेको छ । 

त्यस्तै, नेकपा (एमाले) डोटीले पनि प्रदेश सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट एमाले डोटीका जिल्ला अध्यक्ष चक्र मल्लको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ भने दुई नम्बर क्षेत्रबाट गौरी ओली, भोजनाथ योगी र पदम भट्ट गरी तीनजनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको एमाले स्रोतले जानकारी दिएको छ । 

२ नम्बर क्षेत्रमा तीनजना उम्मेदवारको नाम प्रस्ताव गरिएको भएपनि १ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष चक्र मल्ललाई एकमात्र प्रस्ताव गरिएको छ । संघीय सभा तथा प्रदेश र केन्द्रको समानुपातिकका उम्मेदवारका बारेमा छलफल भइरहेको छ । 

मंगलबारदेखि जिल्ला सदरमुकाम सिलगढीमा जारी एमाले बैठकमा उम्मेदवार छनोटका विषयमा छलफल भइरहेको छ । उता माओवादी केन्द्रको बुधबार बसेको बैठकले उम्मेवारको नाम सिफारिस गरेको छ । केन्द्रका लागि त्रिलोेचन भट्ट, सिद्धराज भाट र प्रेम नेपाली रहेका छन् । 

त्यसैगरी, १ नम्बर क्षेत्रमा प्रदेशका लागि जनार्दन जोशी, तेज डुम्रेल, भरत बोहरा सेबक र भक्तबहादुर सिंहको नाम प्रस्ताव गरेको छ । क्षेत्र नम्बर २ मा प्रदेशका लागि शिवसिंह ओली, मीनबहादुर घर्ती, प्रेम कुँवर प्रख्यात र प्रेमा ओलीको नाम सिफारिस गरिएको छ । 

नेकपा (माओवादी केन्द्र)ले संघको समानुपातिकका लागि जंग विक ‘शैलेन्द्र’को नाम सिफारिस गरेको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट सञ्जा रोकाया र २ नम्बर क्षेत्रबाट सिद्धराज विक ‘विश्वप्रकाश’लाई सिफारिस गरिएको छ । 

जिल्लामा क्रियाशील अन्य राजनीतिक दल पनि उम्मेदवारको प्रस्तावित खाका तयार गर्नका लागि छलफलमा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान