Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरा काँग्रेसबाट प्रदेश र संघका लागि ४२ जनाको दाबी, को-को छन् ?

२०७४, १९ आश्विन बिहीबार ०४:२२

असोज १९, बाजुरा (रासस) । नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताउनुभएको छ । 

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम छ । यीमध्ये बद्रीप्रसाद पाण्डे अहिले पनि व्यवस्थापिका–संसद् सदस्य र कविराज पण्डित जिल्ला पार्टी सभापति हुनुहुन्छ । त्यस्तै, देवराज जोशी पूर्व सांसद हुनुहुन्छ भने रामसिंह रावल त्रिवेणी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ जुनाकुमारी दानी, निर्मलाकुमारी रावल, विद्यादेवी तिमिल्सेना, महा सनाई (नेपाली) र होमनाथ जोशीको नाम सिफारिस भएको छ । तीमध्ये दानी महिलासंघ केन्द्रीय सदस्य, महा सनाई नेपाली, पूर्व समानुपातिक सांसद र होमनाथ जोशी जिल्ला हुलाक कार्यालय बाजुराका पूर्वप्रमुख हुनुहुन्छ । 

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज गिरीको मात्र नाम सिफारिस गरिएको छ । प्रदेशसभाको निर्वाचन क्षेत्रमा भने गिरी एक्लो उम्मेदवार बनेका हुन् । निर्वाचन क्षेत्र नम्वर १ मा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । 

तीमध्ये अरुणकुमार शाही, ऐनबहादुर मल्ल, नरवीर कामी, निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, मनमती बूढा, रीता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी (पाण्डे) र शिव बोहरा रहेको पार्टी प्रवक्ता नरबहादुर शाहीले जानकारी दिनुभएको छ । 

यसैगरी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा ६ जनाको नाम रहेको छ जसमध्ये चक्रबहादुर शाह, जुनाकुमारी दानी, पदमबहादुर शाही, मनबहादुर रावल, मीनबहादुर धामी र रङबहादुर खातीको नाम सिफारिस गरिएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी, प्रदेशतर्फ समानुपातिकमा १६ जनाको नाम केन्द्रमा पठाइएको छ । 

अमृताकुमारी सिंह, आनन्द मिजार, उमा रोकाया, ओमकार बोगटी भोटे, कौशल विक, खडक साउद, दिपादेवी बोहरा, धनराज पण्डित, पदमबहादुर नेपाली, पुने सार्की, वीरभाने विक, रनसिंहबहादुर अयडी, राधिकाकुमारी शाही (सिंह), सिर्जना ऐडी र शेरबहादुर खातीको नाम केन्द्रमा सिफारिस भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिफारिस भएका उम्मेदवारमध्ये जुनाकुमारी दानी, विद्यादेवी तिमिल्सेना र निर्मला रावलले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको पाइएको छ । दुवै ठाउँमा उम्मेदवारी दिन नपाइने भएपनि जबर्जस्ती उम्मेदवारी दिएको नेपाली काँग्रेसले जनाएको छ । 

यसैगरी, प्रतिनिधिसभामा पनि नगरपालिका प्रमुख बनेका रामसिंह रावलले पनि प्रत्यक्षको लागि उम्मेदवारी दिएको बताइएको छ । 

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा रहेका छन् । एमाले माओवादीबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरु आआफ्नै उम्मेदवारको नाम पठाउने तयारीमा रहेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल बाजुरामा फेरि बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै