2026-10-14 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश ७ बाट देउवा र रावल सर्वसम्मत सिफारिश, अरु को को परे ?

असोज १९, भीमदत्तनगर । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् । 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बन्नुभएको छ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बन्नुभएको छ । कांग्रेसका प्रदेश नं ७ का प्रभावशाली नेताहरु दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिशमा पर्नुभएको छ । 

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएको थियो । उहाँ २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वाचित हुनुभएको थियो । स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उहाँको पार्टी नेकाले पराजय व्यहोरोपछि देउवाको आलोचनासमेत भएको थियो । 

अछाम क्षेत्र १ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार छनोट हुनुभएका एमाले उपाध्यक्ष रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी प्रधानमन्त्री पत्नी डा आरजु देउवा राणा कैलालीको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ । नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ७ का प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । यसअघिको निर्वाचनमा उहाँ कैलालीबाटै पराजित हुनुभएको थियो । 

यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको काँग्रेस कञ्चनपुरले यसपटक पनि निर्वाचित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको नेका कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिनुभयो । क्षेत्र नं २ बाट सिफारिश हुनुभएका काँग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने काँग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ । उहाँ पनि तत्कालीन क्षेत्र नं ४ (हालको ३) बाट निर्वाचित हुनुभएको थियो । 

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिश काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश हुनुभएको छ । अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित हुनुभएको थियो । 

त्यसैगरी, प्रतिनिधिसभाकै लागि नेका डोटी जिल्लाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस हुनुभएको छ । हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई नेका बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिश गरेको छ । सुदूरपश्चिमबाट आ–आफ्नो पार्टीबाट सिफारिश भएका शीर्ष नेताहरुमा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले नेता रावल मात्रै आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश हुनुभएको छ भने बाँकी नेताहरुसँगै अन्य जिल्लास्तरका नेताको नाम पनि अधिकांश पार्टीले केन्द्रमा सिफारिश गरेका छन् । 

बझाङ, बाजुरा लगायतका पहाडी जिल्लाबाट पनि उम्मेदवार सिफारिश हुने क्रम जारी छ । काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न मै व्यस्त छन् । हालसम्मको सिफारिश विवरणमा राष्ट्रिय राजनीतिमा सक्रिय यहाँका नेताहरुको सिफारिश सबै पार्टीले प्रतिनिधिसभाकै लागि गरेको देखिएको छ । प्रदेश नं ७ सुदूरपश्चिममा हाल १६ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन् । सबैभन्दा बढी कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक÷एक क्षेत्र निर्धारण गरिएका छन् । 

यसअघि २१ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा काँग्रेस र एमालेको नतिजा अग्रस्थानमा थियो । माओवादीले प्रत्यक्षतर्फ २०७० सालको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न सकेको थिएन । केही दिनअघि सम्म प्रदेश नं ७ मा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि परिवर्तित राजनीतिक परिवेशले माहोल मोडिएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव