२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एमाले दार्चुलाबाट सांसद ठगुन्ना प्रतिनिधि सभाको लागि सर्वसम्मत

१९ आश्विन २०७४, बिहीबार १०:४०

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । आगामी मंशिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दार्चुलाले दुइ वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्र नम्बर १ र २ को भेलाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो ।


प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ जना मात्रै सिफारिस भएका छन् । दार्चुला जिल्लाबाट निर्बाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना प्रत्यक्षतर्फ दुवै क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका हुन् । 

प्रदेश सभाको लागि दुवै क्षेत्रबाट सिफारिस नामावली जिल्ला कमिटीमा पठाइएको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । एमाले जिल्ला कमिटी बैठक असोज २० गते बोलाइएको छ । बैठकले दुवै क्षेत्रबाट आएका नामावली केन्द्रमा सिफारिस गर्नेछ ।

एमालेले क्षेत्र नम्बर १ बाट उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष गेल्बुसिह बोहरा, एमाले उपाध्यक्ष उदयसिह बडाल र जिल्ला कमिटी सदस्य पदमराज पन्तको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट एमाले केन्द्रीय अनुशासन आयोगका केन्द्रीय सदस्य विरबहादुर ठगुन्ना र जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको नाम सिफारिस भएको छ । दुवै क्षेत्रको समानुपातिक नामावली भने जिल्ला कमिटीमार्फत सिफारिस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य