2026-06-24 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रतिनिधी र प्रदेश सभाका लागी एमाले अछामद्वारा ३५ जनाको नाम सिफारिस (नामावलीसहीत)

2017-10-05

कमल रावल/असोज १९, अछाम । नेकपा एमाले जिल्ला कमिटी अछामले प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्धारको नामावलि सिफारिस गरेको छ । 

जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा बसेको १९ औँ बैठकले आँकाक्षी ३५ जना उम्मेद्धारको नामावलि सिफारिस गरेर पठाएको हो । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागी प्रत्यक्ष तर्फ एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा पुर्व उप प्रधानमन्धी भिम रावलको नाम सर्वसम्मत सिफारिस भएको छ भने प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ बाट तारा कडायत, यज्ञ बोगटी र शिव प्रसाद उपाध्यायको नाम सिफारिस गरिएको छ । 

यस्तै प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोबिन्द कुवरको नाम सर्वसम्मत सिफारिस भएको छ भने २ बाट केशर साउद, जगत रावल र लक्ष्मी भट्राई, ३ बाट कट्क साउद, गौमति शाही र भिम बहादुर बिष्ट र प्रदेश ४ बाट बल बहादुर सोडारी, धर्म बहादुर शाही र निर्मला साउदको नाम सिफारिस भएको छ । 

समानुपातीक उम्मेद्धारका लागी प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट कृष्ण बहादुर शाह, जँग विक र मिना साउद, प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट चन्द्र बोहरा, दुर्गा विक र भरत साउद रहेका छन । 

समानुपातीक उम्मेद्धारका लागी प्रदेश सभा क्षेत्र नम्बर १ बाट अमृता खड्का, प्रकाश शाह र राम बहादुर आउजी, २ बाट कृष्ण प्रसाद जैसि, निर्मला रावल र मान बहादुर गिरि, ३ बाट बम बहादुर बिसि, टेक बहादुर शाही र शारदा बिष्ट, ४ बाट देवकला चलाउने, भिम जनाला र रतन प्रसाद ढुगाना तथा पिछडिएको र अल्पसख्यक तर्फ गणेश सुनार, पशुपती कुवर र केशर मियाको नाम सिफारिस भएको जिल्ला सचिवालय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भिम जनालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ