2026-09-12 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीबाट ३ लाख ८५ हजार ५७० जनाले मात्र मतदान गर्न पाउने

सरोज यादव/असोज २०, सर्लाही । स्थानीय तह अन्तर्गतको तीनवटै चरणको निर्वाचन सक्किए लगत्तै आउँदो मंसिर २१ गते हुन लागिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सर्लाहीबाट ३ लाख ८५ हजार ५७० जनाले मतदान गर्न पाउने भएका छन् ।

स्थानीय तहको दुई चरणको चुनाव पश्चात् फोटोसहितको मतदाता पत्र बनाउनको लागि १६ वर्ष नाघेका तर नाम दर्ता गराउन छुटपुट भएका हरुको लागि पुनः नाम दर्ता गराउन र फोटो खिचाउन एक महिनाको समय थप गरिएको थियो ।

११वटा गाउँपालिका तथा ९ वटा नगरपालिकामा गरी जिल्ला को २० वटै स्थानीय तह बाट जम्मा १४ हजार ८ सय ३४ जना मतदाता थपिएको हो । जस मध्ये ६ हजार १ सय ९ जना महिला,८ हजार ७ सय २४ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।छुटपुट भएका ब्यक्तिहरु को नामावली दर्ता कार्य गत साउन देखि भदौ महिना को ३ गते सम्म चलेको थियो ।

थप समयमा नाम दर्ता गराउनेहरु लाइ स्थानीय तह अन्तर्गत प्रदेश न-२ को चुनावमा मतदान गर्न दिएको थिएन । अब हुने चुनावमा साबिक को र हालको गरि दुवै किसिमको मतदाताहरुले भोंट खसाल्न पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाही ले जनाएको छ । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को चुनावमा सर्लाही मा २ लाख ९५ हजार ६६ जना पुरुष ,१ लाख ७५ हजार ९सय ९६ महिला र ८ जना तेस्रो लिङ्गी मतदाताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग