२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

२० आश्विन २०७४, शुक्रबार ०८:०२

असोज २०, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गर्नुभएको छ । 

विराटनगरमा आज पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी दिनुभयो । 

उहाँले मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आपूm सो पार्टीमा नर्फने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिनुभयो । 

पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको आरोप पनि लगाउनुभयो । 

उहाँले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ