2026-08-29 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देशको अस्तित्व जोगाउन वाम एकता आवश्यक: रावल

कमल रावल/असोज २०, अछाम । नेपालका वामपन्थीहरु एकजुट भएको हुँदा नेपाली काँग्रेसलाई अनिष्ट हुन लागेको देखेर देशमा अनिष्ट हुन लागेको भन्ने भ्रम जनतामा फैलाउन लागेको नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले वताउनु भएको छ । 

शुक्रबार अगुवा नेताहरुलाई वाम एकताका वारेमा प्रशिक्षण दिन अछाम पुग्नु भएका एमाले उपाध्यक्ष रावलले संविधानको पुर्ण कार्यान्वयनका लागी र लोकतन्त्रको रक्षा तथा देशको अस्तीत्व जोगाउन वामपन्थीहरुको एकता आवश्यक भएको वताउनु भयो । 

उहाँले नेपाली काँग्रसले सरकारको आडमा देशको स्रोत साधन र प्रहरी प्रशासनको गलत प्रयोग गरिरहेको आरोप समेत लगाउनु भयो । नेता रावलले नेपाली वामपन्थीहरुको एकताले देशमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने र आफ्नो अस्तीत्व खतरामा पर्ने देखेर काँग्रेसले जनतालाई भ्रम फैलाएर बाम एकताले लोकतन्त्र खतरामा पर्ने झुटा कुप्रचार गरिरहेको आरोप लगाउनु भयो । 

उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल मिलेर चुनावमा जाँदा स्पष्ट वहुमत आउने र ५ वर्ष सम्म सरकार संचालन गरी देशलाई विकास गर्न महत्वपुर्ण योगदान पुग्ने वताउनु भयो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनु भयो । उपाध्यक्ष रावलले देउवा सरकारले निर्वाचनमा धक्का पुग्नेगरी काम गरिरहेको भन्दै यस्ता गतिविधिलाई तत्काल रोक्न समेत आग्रह गर्दै निर्वाचन आयोगले आचारसंहिता उलंघनका विषयमा पटक पटक सजग गराउँदा पनी प्रधानमन्त्रिले आयोगलाई नटेरेको र प्रधानमन्त्री देउवाले केही दिन बाँकी रहेको संसद विघठन गरेमा आफुपनि प्रधानमन्त्री नरहने भनाइ राख्नु भयो । 

‘प्रतिनिधि सभा सदस्य नरहेको व्यक्ति मन्त्री हुन नपाउने व्यवस्था संसद नभएमा देउवा कसरी प्रधानमन्त्री रहिरन्छन् ।’ रावलको प्रश्न थियो । उनले वाम एकताप्रति कांग्रेसको भनाइहरुलाई प्रतिवाद गर्दै देशमा नभइ कांग्रेसमा अनिष्ठ आएको कटाक्ष गरे । 

तोकिएको समय मंसिरमै चुनाव सकिएपछि दुई तिहाइ सहितको बहुमत आउने र समाजवादमा देश अघि बढ्ने भनाइ राखे । वाम एकताले देशलाई समाजवादबाट समृद्ध बनाउने बाटोबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो । 

वाम एकताको प्रयास तत्काल नभइ १० बर्षअघिबाट शुरु भइ कसैको सहयोग विना भएको भनाइ थियो । तल्लो तहसम्म मिल्न निर्देशन जिल्लामा रहेका केही अगुवा नेताहरुको अनौपचारिक बैठकमा उपाध्यक्ष रावलले नेकपा माओवादीका कार्यकर्तासंग सौहाद्र र मैत्रीपुर्ण व्यवहार गर्न निर्देशन दिए । 

उपाध्यक्ष रावलले माओवादीका सबै साथीहरुसंग राम्रो सम्बन्ध स्थापित गर्न निर्देशन दिनुभएका एमाले जिल्ला सचिव यज्ञ बोगटीले जानकारी दिए । उपाध्यक्ष रावलले भने कसैका मन नमिलेका हुनसक्छन भेट, अन्तरक्रिया, मैत्रीपुर्ण व्यवहारबाट अझ नजिक सम्बन्ध बनाउन भन्नु भएको सचिव बोगटीको भनाइ छ । उपाध्यक्ष रावल आफ्नो निर्वाचन क्षेत्र विकास र पुर्वाधार कार्यक्रमको योजना र रकम बाँडफाँडाका लागि अछाम पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु