एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्र"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार दुर्घटनामा किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

२०७४, २१ आश्विन शनिबार १२:२६

असोज २१, किर्गिस्तान । किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ । 


एक राजमार्गमा गुडिरहेको उहाँको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । 

स्थानीय समय अनुसार शनिबार विहान करिब साढे सात बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ र उहाँको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहनु भएको थियो । उहाँहरु दुबै जनाको दुर्घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको हुनुहुन्थ्यो । उहाँ गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से