९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

काँग्रेस नुवाकोटबाट १ सय ४३ जना उम्मेदवार सिफारिस (सुचिसहित)

२१ आश्विन २०७४, शनिबार १४:५७

असोज २१, नुवाकोट । नेपाली काँग्रेस नुवाकोटले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्भावित १४३ जना उम्मेदवारको नामावली केन्द्रलाई बुझाएको छ । 

काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले आज पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई ‘जम्बो’ उम्मेदवारका नाम समावेश गरिएको सूची बुझाउनुभएको हो । 

नुवाकोटमा कायम प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरु धेरै भएपछि १४३ जनाको नाम बुझाएर अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिएको छ । 

काँग्रेस नुवाकोटले प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ अर्जुननरसिंह केसी, डा रामशरण महत र सरिता लामाको नाम प्रस्ताव गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १३ जनाको नाम समावेश गरिएको सभापति केसीले जानकारी दिनुभयो । 

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्षतर्फ महेन्द्र थिङ, गोविन्दप्रसाद थपलिया, विषम रिमाल, दीनेश खनाल, निलम उप्रेती र विनोद शाह रहेका छन् । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ २४ जनाको नाम समावेश छ । 

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ यमबहादुर थापा, भाग्यश्री लामा, रमेशकुमार महत, अर्जुनप्रसाद न्यौपाने, धनकुमारी थापा र कृष्णबहादुर लामाको नाम समावेश छ । प्रदेशसभा क्षेत्र नंं २ बाट समानुपातिकतर्फ २२ जनाको नाम प्रस्ताव गरी पार्टी केन्द्रीय सभापति देउवालाई बुझाएको काँग्रेस नुवाकोट सभापति केसीले जानकारी दिनुभयो । 

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रतिनिसधासभा प्रत्यक्षतर्फ जिल्ला सभापति केसी, बहादुरसिंह लामा तामाङ, डा प्रकाशशरण महत र हीरा पाण्डेलाई प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को समानुपातिकतर्फ नौ जनाको नाम प्रस्ताव गरी केन्द्रमा बुझाइएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नंं १ बाट प्रत्यक्ष पार्टी जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, वैकुण्ठबहादुर पाण्डे, भूपेन्द्र बानियाँ, विष्णुराज नेपाल, दीपक लामा, जयराम दाहाल, मोहनबहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा क्षेत्र नं १ बाट समानुपातिकतर्फ १९ जनाको नाम प्रस्ताव गरिएको छ । 

प्रदेशसभा क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी, गणेश वाइबा, सरिता अधिकारी र च्याउकीमाया तामाङको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ २१ जनाको नाम सिफारिश गरिएको छ । 

केन्द्रीय सभापतिलाई बुझाइएको नामावलीमा क्षेत्रीय कार्यसमितिबाट प्रस्ताव भएको नाम पार्टीको केन्द्रीय कार्यसमतिको निर्देशनबमोजिम नभएको, पार्टीको १३आँै महाधिवेशनमार्फत निर्वाचित जिल्ला सभापति, सचिव, जिल्लाबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने नाम समावेश नभएकाले जिल्ला कार्यसमितिले बाध्य भएर परिवर्तन तथा परिमार्जन गर्नुपरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो