१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब राष्ट्रपतिको उम्मेदवारले धरौटी राख्नु नपर्ने, प्रस्तावक र समर्थक ५ जना भए पुग्ने

२३ आश्विन २०७४, सोमबार ०२:०२

असोज २३, काठमाडौं । अब राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क (धरौटी) तिर्नु नपर्ने भएको छ । सरकारले मूल विधेयकमा प्रस्ताव गरेको धरौटीको व्यवस्था परिमार्जन गर्दै संसद्ले धरौटीको व्यवस्था हटाएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक संसद्ले आइतबार पारित गरेको हो ।राष्ट्रपति र उपराष्ट्रपति पदको गरिमा फरक रहेको भन्दै संसद्ले उम्मेदवार दर्ताको धरौटीसम्बन्धी व्यवस्था हटाएको हो । 

यसअघि सरकारले राष्ट्रपतिको हकमा एक लाख रुपियाँ र उपराष्ट्रपतिका लागि ७५ हजार रुपियाँ धरौटीको प्रस्ताव गरेको थियो । सांसद्हरूले उक्त रकम बढी भएको भन्दै घटाउन संशोधन दर्ता गरेका थिए ।

यस्तै संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न चाहिने प्रस्ताव र समर्थकको सङ्ख्या पनि हेरफेर गरेको छ । संसद्बाट पारित व्यवस्थाअनुसार अब राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न पाँच÷पाँच जना प्रस्तावक र समर्थक भए पुग्नेछ । यसअघि सरकारले प्रस्तावक र समर्थक २५–२५ जना हुनुपर्ने व्यवस्था गरेको थियो । प्रस्तावित व्यवस्था संशोधनका लागि सांसद्हरूले संशोधन दर्ता गरेका थिए ।

पारित विधेयकअनुसार पहिलोपटक संघीय संसद् र प्रदेश संसद् गठन भएको एक महिनाभित्र निर्वाचन हुने भए पनि नियमित अवस्थामा भने कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन निर्वाचक मण्डलमार्फत हुनेछ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन