2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब राष्ट्रपतिको उम्मेदवारले धरौटी राख्नु नपर्ने, प्रस्तावक र समर्थक ५ जना भए पुग्ने

असोज २३, काठमाडौं । अब राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क (धरौटी) तिर्नु नपर्ने भएको छ । सरकारले मूल विधेयकमा प्रस्ताव गरेको धरौटीको व्यवस्था परिमार्जन गर्दै संसद्ले धरौटीको व्यवस्था हटाएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक संसद्ले आइतबार पारित गरेको हो ।राष्ट्रपति र उपराष्ट्रपति पदको गरिमा फरक रहेको भन्दै संसद्ले उम्मेदवार दर्ताको धरौटीसम्बन्धी व्यवस्था हटाएको हो । 

यसअघि सरकारले राष्ट्रपतिको हकमा एक लाख रुपियाँ र उपराष्ट्रपतिका लागि ७५ हजार रुपियाँ धरौटीको प्रस्ताव गरेको थियो । सांसद्हरूले उक्त रकम बढी भएको भन्दै घटाउन संशोधन दर्ता गरेका थिए ।

यस्तै संसद्ले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न चाहिने प्रस्ताव र समर्थकको सङ्ख्या पनि हेरफेर गरेको छ । संसद्बाट पारित व्यवस्थाअनुसार अब राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न पाँच÷पाँच जना प्रस्तावक र समर्थक भए पुग्नेछ । यसअघि सरकारले प्रस्तावक र समर्थक २५–२५ जना हुनुपर्ने व्यवस्था गरेको थियो । प्रस्तावित व्यवस्था संशोधनका लागि सांसद्हरूले संशोधन दर्ता गरेका थिए ।

पारित विधेयकअनुसार पहिलोपटक संघीय संसद् र प्रदेश संसद् गठन भएको एक महिनाभित्र निर्वाचन हुने भए पनि नियमित अवस्थामा भने कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रपतिको निर्वाचन निर्वाचक मण्डलमार्फत हुनेछ । -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो