2026-09-19 12:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका ५४ मतदानस्थल अतिसंवेदनशील, कस्तो छ सुरक्षा रणनीति ?

असोज २३, नुवाकोट । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नुवाकोटमा कायम रहेकामध्ये ५४ मतदानस्थल अतिसंवेदनशील निर्धारण गरिएको छ ।

यसअघिको स्थानीय तहको लागि निर्धारण गरेको १२९ मतदान स्थललाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गरिएको विभाजनको आधारमा सुरक्षाको दृष्टिकोणले ५४ स्थानमा रहेका मतदानस्थल अतिसंवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

यस्तै, ५० मतदानस्थल संवेदनशील र २५ मतदानस्थल सामान्य निर्धारण गरेर सुरक्षा व्यवस्था मजबुद बनाउने तयारी शुरु गरिएको प्रजिअ बरालले बताए ।

कायम रहेका मतदान केन्द्रको वर्गीकरणको लागि नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहको गतिविधि र प्रभावित क्षेत्र, अनपेक्षित राजनीतिक प्रतिस्पर्धा हुने स्थान, भौगोलिक कठिनाइ एवं विकट बस्ती, जातीय, क्षेत्रीय, साँस्कृतिक र सम्प्रदायिक प्रभाव रहेको स्थान र यसअघिको निर्वाचनको समीक्षालगायतको मापदण्डको आधारमा मतदानस्थलको वर्गिकरण गरिएको हो ।

मतदानस्थलको वर्गिकरणको आधारमा सुरक्षा व्यवस्थाको लागि सुरक्षाकर्मीको तयारी, नेतृत्व, संख्या निर्धारण गर्ने गरी निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई