२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राप्रपा डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस

२०७४, २३ आश्विन सोमबार १६:२३

असोज २३, डडेल्धुरा । राप्रपा डडेल्धुराले प्रतिनिधि सभासदस्य र प्रदेश सभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

राप्रपा जिल्ला कार्य समिति डडेल्धुराको सोमबार सम्पन्न बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार छनौट गरेको हो । राप्रपा डडेल्धुराले संघको प्रत्यक्ष तर्फ काली प्रशाद जोशीको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ जितबहादुर शाही, सुरेश कार्की र ज्ञानु जैरुको नाम सिफरिस गरेको छ ।

प्रदेश सभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रमानन्द भट्ट, समानुपातिक तर्फ बासु देब जोशि, ओमप्रकाश जोशी र कमला सार्कीको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ हरी साँउद समानुपातिक तर्फ टेक राज पनेरु, सागर पनेरु, पार्वति जैरु, जयराज अवस्थीको नाम सिफारिस गरेको राप्रपा डडेल्धुराले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा सदस्य चुनावकै दिन जनमत संग्रहको माग गरेको छ । नेपाललाई हिन्दूराष्ट्र बनाउने कि नबनाउने अधिकार जनताको भएको भन्दै राप्रपाले जनमत संग्रहको माग गरेको छ ।

राप्रपा डडेल्धुराले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गर्दै हिन्दूराष्टि स्थापना गर्नेबारे प्रत्यक्षरुपमा जनताकोअभिमत लिन मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनकै दिन जनमत संग्रहको माग गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज भट्ट मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष टेकराज पनेरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा धर्मनिरपेक्षताको आडमा धर्मपरिवर्तन भैइरहेकाले नेपालको धार्मिक संस्कृतिक पहिचान संकटमा परेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो