९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्किँदा नौ प्रहरी घाइते (नामावलीसहित)

२३ आश्विन २०७४, सोमबार १६:३४

असोज २३, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्ँिकदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किँदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । 


घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीमध्ये पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । 

दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन् । यसैगरी दुर्घटनामा परी थुनुवा प्रेमकुमार यादव, राकेशकुमार यादव र विकास भट्टराईसमेत घाइते भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो