Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपेन्द्र यादवले प्रधानमन्त्रीलाई दिए यस्तो चेतावनी, अब के गर्छन प्रधानमन्त्री ?

२०७४, २४ आश्विन मंगलवार ०१:३५

असोज २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् । यादवको भनाइ उद्धृत गर्दै देउवाले भनेका थिए, 'आफूहरूको एकता निर्वाचन तालमेलका लागि हो, कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन ।'

यादवको चुनौती सामना गर्न नसकेपछि प्रधानमन्त्रीले सहज रूपमा कात्तिकको पहिलो साता सरकार पुनर्गठन गर्ने सम्भावना छ । कात्तिक ५ गते मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट वर्तमान संसद् स्वतः विघटन हुन्छ । 

संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै सरकारविरुद्ध अविश्वास नआउने र अन्य केही अप्ठ्यारालाई समेत के-कसरी निकास दिन सकिन्छ भन्नेमा देउवा गम्भीर रहेको दाबी बालुवाटार स्रोतले गरेको छ ।

स्थानीय तहको परिणाम सार्वजनिक भएपछि अत्तालिएका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसमा प्रवेशको तयारी तीव्र रूपमा अघि बढाइरहेका छन् । तत्कालीन अवस्थामा देउवा कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा उनले महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

गच्छदारका लागि अर्को झट्का संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बिहीबार भएको चुनावी तालमेलले दिएको छ । यी सबै झट्काको निकासका लागि गच्छदार आफ्नो नेतृत्वमा रहेको पार्टी नै कांग्रेससँग मिलाउने गरी गृहकार्यमा व्यस्त छन् ।

स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकीकरणको तयारी गरे पनि पार्टीको आन्तरिक गृहकार्य पर्याप्त नभएको र पदीय जिम्मेवारी नमिलेपछि केही समय लाग्ने भएको छ ।

एकीकरणकै विषयमा गच्छदारले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग लामो छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने कांग्रेससँग पार्टी एकता नभई चुनावी तालमेल र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता मात्र हुने बताए ।

देउवा सरकारलाई समर्थन : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई समर्थन दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न राप्रपालाई उप्रधानमन्त्रीसहित सम्मानजनक स्थान दिने प्रतिबद्धता पाएपछि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । 

साउन २२ गते पशुपतिशमशेर राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन भएपछि सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै