२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपेन्द्र यादवले प्रधानमन्त्रीलाई दिए यस्तो चेतावनी, अब के गर्छन प्रधानमन्त्री ?

२४ आश्विन २०७४, मंगलवार ०१:३५

असोज २४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् । यादवको भनाइ उद्धृत गर्दै देउवाले भनेका थिए, 'आफूहरूको एकता निर्वाचन तालमेलका लागि हो, कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन ।'

यादवको चुनौती सामना गर्न नसकेपछि प्रधानमन्त्रीले सहज रूपमा कात्तिकको पहिलो साता सरकार पुनर्गठन गर्ने सम्भावना छ । कात्तिक ५ गते मंसिर १० मा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट वर्तमान संसद् स्वतः विघटन हुन्छ । 

संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै सरकारविरुद्ध अविश्वास नआउने र अन्य केही अप्ठ्यारालाई समेत के-कसरी निकास दिन सकिन्छ भन्नेमा देउवा गम्भीर रहेको दाबी बालुवाटार स्रोतले गरेको छ ।

स्थानीय तहको परिणाम सार्वजनिक भएपछि अत्तालिएका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसमा प्रवेशको तयारी तीव्र रूपमा अघि बढाइरहेका छन् । तत्कालीन अवस्थामा देउवा कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा उनले महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

गच्छदारका लागि अर्को झट्का संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच बिहीबार भएको चुनावी तालमेलले दिएको छ । यी सबै झट्काको निकासका लागि गच्छदार आफ्नो नेतृत्वमा रहेको पार्टी नै कांग्रेससँग मिलाउने गरी गृहकार्यमा व्यस्त छन् ।

स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकीकरणको तयारी गरे पनि पार्टीको आन्तरिक गृहकार्य पर्याप्त नभएको र पदीय जिम्मेवारी नमिलेपछि केही समय लाग्ने भएको छ ।

एकीकरणकै विषयमा गच्छदारले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँग लामो छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने कांग्रेससँग पार्टी एकता नभई चुनावी तालमेल र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता मात्र हुने बताए ।

देउवा सरकारलाई समर्थन : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको सोमबार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई समर्थन दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न राप्रपालाई उप्रधानमन्त्रीसहित सम्मानजनक स्थान दिने प्रतिबद्धता पाएपछि बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । 

साउन २२ गते पशुपतिशमशेर राणाको अध्यक्षतामा राप्रपा (प्रजातान्त्रिक) गठन भएपछि सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता