2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट काँग्रेस महामन्त्री डा कोइराला सिफारिस

असोज २४, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस हुनुभएको छ । 

प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो । 

पार्टीको प्रभावशाली नेताका रुपमा मानिनुहुने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ । 

नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो । 

डा कोइरालालाई पुनः यही क्षेत्रबाट संघीय सभाको उम्मेदवार बनाउन नाम सिफारिस भएपछि महामन्त्री सोही क्षेत्रबाट निर्वाचन लड्ने र यस क्षेत्रको चौतर्फी विकास हुनेमा कार्यकर्तामा पुनः आशा पलाएको छ । कार्यकर्तामाझ कहिल्यै नरिसाउने र बिपी पुत्र भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिनुहुन्छ । 

यसैबीच, दुई दुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेलको नाम प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न यसै जिल्लाबाट सिफारिस भएको छ । कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको हो । 

यसैगरी, प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवार बन्नका लागि सांसद देवकरण प्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सर्वसम्मत्रुपमा सिफारिस भएको हो । 

यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो । 

प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिनुभयो । 

जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ (नवलपुर क्षेत्र)बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीले जनाएको छ । 

पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा