२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेन वार्ता अन्योलमा

२२ पुष २०८२, मंगलवार १७:२४

रुससँग सम्भावित युद्धविरामपछि युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले युक्रेनका सहयोगी राष्ट्रहरू मङ्गलबार पेरिसमा भेला भएका छन् । तर अमेरिकाको ध्यान भेनेजुएला र ग्रिनल्यान्डसम्बन्धी विवादतर्फ केन्द्रित हुँदा यस वार्ताबाट ठोस प्रगति निस्कने सम्भावना अनिश्चित देखिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यसअघि युक्रेनको रक्षा र न्यायपूर्ण तथा स्थायी शान्तिका लागि सहयोगीहरूले ‘ठोस प्रतिबद्धता’ जनाउने आशा व्यक्त गर्नुभएको थियो । म्याक्रोनको कार्यालयका अनुसार बैठकमा २७ राष्ट्र तथा सरकार प्रमुखसहित ३५ जना उच्च अधिकारी सहभागी छन् । संयुक्त राज्य अमेरिकाको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू स्टिभ विटकफ र जारेड कुशनर सहभागी हुनुभएको छ । सुरुमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो आउने तय भए पनि भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपका कारण योजना परिवर्तन भएको जनाइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिनुअघि युक्रेनको सुरक्षाबारे वार्ता अघि बढिरहेको सङ्केत देखिएको थियो । तर त्यसपछि राष्ट्रपति ट्रम्पले खनिज–धनी आर्कटिक टापु ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा आउनुपर्ने अभिव्यक्ति दोहोर्‍याएपछि युरोप र अमेरिकाबीच तनाव बढेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले यस्तो कदमले नाटोको अस्तित्वमै खतरा पैदा हुने चेतावनी दिनुभएको छ ।

युरोपेली नेताहरू डेनमार्कको पक्षमा उभिए पनि रूसलाई रोक्न र युक्रेनका लागि सुरक्षा ग्यारेन्टी दिन अमेरिकी सैन्य समर्थन अपरिहार्य रहेको उनीहरू स्वीकार गर्छन् । यही कारण पेरिस वार्तामा कूटनीतिक सन्तुलन निकै नाजुक बनेको छ ।

वार्तामा युद्धविराम अनुगमन, युक्रेनी सेनालाई सहयोग, बहुराष्ट्रिय बलको सम्भावित तैनाथी, अर्को रूसी आक्रमण भएमा प्रतिबद्धता र युक्रेनसँग दीर्घकालीन रक्षा सहकार्यजस्ता विषयमा सहमति खोजिँदैछ । तर भेनेजुएलाको घटनापछि ट्रम्प प्रशासन त्यसका परिणाम व्यवस्थापनमै व्यस्त हुँदा यी विषयमा तुरुन्तै निष्कर्ष निस्कने अवस्था कमजोर देखिन्छ ।

युक्रेन वासिङ्टनबाट स्पष्ट र दृढ सुरक्षा ग्यारेन्टी खोजिरहेको छ, किनकि त्यसले अन्य सहयोगी राष्ट्रहरूबाट पनि समान प्रतिबद्धता सुनिश्चित गर्न मद्दत गर्ने किएभको विश्वास छ । युक्रेन कुनै पनि युद्धविरामले रूसलाई पुनः सशक्त भई आक्रमण गर्ने समय दिने हो कि भन्ने आशङ्कामा छ ।

यसैबीच राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सम्भावित युरोपेली सेनाको तैनाथीमा अझै धेरै विवरण अपूर्ण रहेको र सबै देश सेना पठाउन तयार नरहेको बताउनुभएको छ । उहाँका अनुसार सहयोग सेना मात्र नभई, हतियार, प्रविधि र खुफियाको माध्यमबाट पनि हुनसक्छ । बेलायत र फ्रान्सजस्ता आणविक शक्तिसम्पन्न राष्ट्रहरूको भूमिका भने अत्यन्तै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

जेलेन्स्कीले स्पष्ट शब्दमा भन्नुभएको छ, “यदि केही देश आफ्नो उपस्थिति बढाउन तयार छैनन् भने, त्यसलाई ‘इच्छुकहरूको गठबन्धन’ भन्न गाह्रो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो