Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपतिका छोरा दिपेश पुनले लिने भए गगन थापा संग आफ्नो बुवाले लिन नसकेको बदला

२०७४, २४ आश्विन मंगलवार १२:५४

असोज २४, काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न संघीय प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डु निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हुन् । अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका पुन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका कान्छा छोरा हुन् ।

काठमाण्डु–४ मा कांग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा पुनका बाबु नन्दबहादुर पुन गगनसँग पराजित भएका थिए ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले युवा नेतृत्वलाई अघि सार्न पार्टी नीतिअनुसार नयाँ पुस्तालाई टिकटमा सिफारिस गरिएको उनले जनाए ।

रोल्पा निवासी दीपेश राजनीतिका साथै समाज सेवामासमेत सक्रिय छन् । वैशाख १२ को महाभूकम्पपछि पुन प्रभावित अधिकांश जिल्ला पुगेर राहत तथा पुनः निर्माणमा खटिएका थिए । पछिल्लो पटक तराईमा बाढी आएका बेला उनले उदाहरणीय रुपमा उद्धार कार्यमा सहभागी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै