Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहिमा अज्ञात समुहको गोली प्रहारबाट एक युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव/असोज २४, सर्लाही । सर्लाहीको कबिलासी नगरपालीका अन्तर्गत पिपरिया र पिडारी गाउँको बिच चौरीमा अज्ञात समूह द्वारा गोली प्रहार भएको छ ।

गोलि प्रहारबाट पिपरिया –२ बस्ने नागेन्द्र साहको २९ वर्षिय छोरा सुनिल कुमार साहको गोली लागेर मृत्यु भएको छ । मंगलबार साँझ करिब साढे सात बजेको समयमा पिडारीमा रहेको उनको आफ्नै सुनचाँदीको पसल बन्द गरि पसलमा रहेको सबै गरगहना झोलामा बोकि घर फर्किने क्रममा अज्ञात समुहले अचानक साहलाई गोली प्रहार गरेको थियो ।

साहलाई गोलि प्रहार गरि उनिसंग रहेको गरगहणा लिएर फरार भएको पारिवारिक स्रोतले जनाएको छ । घाईते साहलाई उपचारको लागि सर्लाही अस्पताल मलंगवा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।