२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा वैदेशिक रोजगारीबाट दर्जनौँ शव फर्कन्छन्

२०७४, २५ आश्विन बुधबार ०५:२१

उमा केसी/असोज २५, रोल्पा । रोल्पाबाट वैदेशिक रोजगारीमा खाडीमुलुक गएकामध्येको वर्षेनी ठूलो संख्यामा मृत्यु हुने गरेको देखिएको छ । 

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने सबै पुरुष मात्रै रहेका छन् । घर्तीगाउँ–७ रोल्पाका हरिप्रसाद कामीको २०७३ कात्तिक २० गते मृत्यु भएको थियो । ३० वर्षीय हरिप्रसाद रोजगारीको सिलसिलामा २० महिना अघि कतार जानुभएको थियो । ब्लड क्यान्सरका कारण उहाँको मृत्यु भएको परिवारले जानकारी दिएको छ । 

रोल्पा जंकोटका ४१ वर्षीय तुलसी विक्रम पुन रोजगारीकै क्रममा मृत्यु भएका अर्का रोल्पाली हुनुहुन्छ । मलेसियाको क्वालालम्पुरमा रहेको एक भारतीय कम्पनीमा काम गर्दै आएका पुनको २०७३ साल कात्तिक २४ गते मृत्यु भएको थियो । पुनको उच्च रक्तचापका कारण मृत्यु भएको परिवारले वताएको छ । 

रोल्पा नगरपालिका–४ गुरुङगाउँका खुमबहादुर गुरुङको साउदीमा मृत्यु भएपनि शव नेपाल आईपुग्न डेढ वर्ष लागेको थियो । साउदी अरबमा काम गर्दै गरेका गुरुङलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । 

रोल्पाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका रोल्पालीका प्रतिनिधि पात्र हुन कामी, पुन र घर्ती । उनीहरु जस्तै रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या आर्थिक वर्ष ०७१÷०७२ मा ११ जना रहेको थियो । यसैगरी, आव ०७२÷०७३ मा यो संख्या बढेर २२ पुगेकोमा आव ०७३÷०७४ मा यो संख्या १९ थियो । 

मृत्युपश्चात् मृतकका हकदारले रु १० लाखदेखि दुई करोड ३० लाखसम्म क्षतिपूर्ति बुझेको जिल्ला प्रशासन कार्यालय, रोल्पाले जानकारी दिएको छ । मृतकका परिवारलाई क्षतिपूर्तिका लागि आवश्यक कागजात पूरा भएर आउने बित्तिकै तत्काल भुक्तानी दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो । 

कोरिया, जापान, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा केही रोल्पाली रोजगारीका लागि पुगेपनि झण्डै ९० प्रतिशतभन्दा बढी रोल्पालीको रोजगारीको गन्तव्य खाडीमुलुक रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय, रोल्पाको तथ्यांकअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने गर्दछन् । आव २०७२/०७३ मा राहदानी लिने रोल्पालीको संख्या छ हजार ८५६ जना रहेको थियो भने आव ०७३÷०७४ मा चार हजार २३६ जनाले राहदानी लिएका थिए । 

१८ देखि ४० वर्ष उमेर समूहका युवा वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक देखिएको छ । लामो समयदेखि रोजगारीमा गएर आवतजावत गर्ने ४० वर्ष माथिका रहेपनि नयाँ रोजगारीमा जाने ४० वर्षमुनिका हुने गरेको बताइएको छ । 

असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण धेरै जनाको मृत्यु भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा भट्टराईले जानकारी दिनुभयो । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको संख्या अधिक रहेका कारण वर्षेनी यति धेरै रोल्पालीको मृत्यु हुने गरेको छ । 

मिठो सपना बोकेर विदेश जाने रोल्पाका यस्ता युवा लाश बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको विचल्ली हुने गरेको छ । स्वदेशमै रहँदा एकप्रकारले पारिवारिक व्यवस्थापन गरेका उनीहरु विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ । 

विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएपछि घरमा श्रीमतीको विचल्ली हुने गरेपनि राज्यले भने हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मर्म विपरीत भएको एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्यले बताउनुभयो । 

त्यस्ता अवस्थामा रहेकालाई समाज, सरकारी तथा गैरसरकारी निकायले सहयोग गर्नुपर्ने र राज्यले रोजगारीको व्यवस्था गरिदिनु पर्ने उहाँले बताउनुभयो । 

रोजगारीका अन्य विकल्प नहुँदा वैदेशिक रोजगारीमा जान बाध्य रोल्पालीमा कामअनुसारको पारिश्रमिक नपाउनु, असुरक्षित कामका कारण मृत्युको ंसंख्या बढ्दै जानेजस्ता समस्याका कारण आकर्षण पनि घट्दै जान थालेको छ । रोल्पा जिल्लाबाट भारतबाहेक अन्य मुलुकमा रोजगारीमा जानेको संख्या २५ हजारभन्दा बढी रहेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन