१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस का यी नेता को सूची हेर्नुहोस जो वरिस्ठ भएर पनि संसदीय सूची मा परेनन् ! कारण यस्तो

२६ आश्विन २०७४, बिहीबार ०१:३९


काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन चार दिन बाँकी रहँदा नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसमा सबैभन्दा शक्तिशाली संचना मानिने संसदीय समिति उम्मेदवा छानौटका लागि गठन भएको हो।

कांग्रेसको वैधानिक संरचना मध्ये सबैभन्दा शक्तिशाली संसदीय समितिमा पहुँच र प्रभावका आधारमा ९ औं वरियताका केवी गुरुङ र १४ औं वरियताका बलबहादुर केसी आउट भएका छन् भने २३ औं वरियताका डाक्टर प्रकाशरण महतले इन्ट्री मारेका छन्।

सभापति शेरबहादुर देउवाले गठन गरेको संसदीय समितिमा आठौं वरियताका केवी गुरुङ, १५ औं वरियताका बलबहादुर केसी, १७ औं वरियताका नरहरी आचार्य, १८ औं वरियताका प्रदीप गिरि, २१ औं वरियताका रमेश रिजाल, २२औं वरियताका डा नारायण खड्का र २३ औं वरियताका डा मिनेन्द्र रिजाल भने अटाएनन्। उनीहरु सबैलाई पछि पर्दै २४ औं वरियताका डाक्टर प्रकाशरण महतले इन्ट्री मारेका हुन्।

विधानलाई नै चुनौति

कांग्रेसको विधानले संसदीय समितिमा को को रहने भन्ने स्पष्ट व्यवस्था गरिदिएको छ। संसदीय समितिमा सभापति र महामन्त्री संसदीय समितिमा पनि सभापति र महामन्त्री नै रहने व्यवस्था गरेको छ भने मनोनीत उपसभापति, महामन्त्री र सह-महामन्त्री पदेन सदस्य रहने व्यवस्था गरेको छ।

यस्तै पार्टीको सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता भएमा संसदीय दलको नेता पनि पदेन सदस्य रहने व्यवस्था छ। अहिले सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सह-महामन्त्री मनोनित गरेका छैनन्। विधानको यो व्यवस्थाका आधारमा सभापति देउवाले बढीमा ११ सदस्य मात्र संसदीय समितिमा राख्न सक्छन्।

तर उनले अहिले संसदीय समितिमा लगेका व्यक्तिलाई नै पदाधिकारी नियुक्त गरे भने पनि १४ सदस्य भन्दा बढी संसदीय समितिमा अटाउँदैनन्।

स्रोतका अनुसार देउवाले आफ्नै पक्षका नेता व्यवस्थापन गर्न नसकेपछि १७ सदस्य पुर्‍याउनु परेको हो। अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण र डाक्टर प्रकाशरण महतलाई व्यवस्थापन गर्न सभापति देउवाले यस्तो निर्णय गरेका हुन्।

‘हामी पहुँचमा भएनौँ, अब उहाँसँग गुनासो पनि केही गर्नुछैन,’ देउवा पक्षका एक केन्द्रीय सदस्यले भने, ‘देउवाजीलाई हामी आवश्यक भएनछौँ भनेर बुझ्नुपर्‍यो।’ उनले देउवाले केन्द्रीय सदस्यका बीच विभेद खडा गरेको आरोप लगाए।

वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले देउवाले आफूलाई संसदीय समितिमा नराख्नेबारे तयारीमै थाहा पाएको भन्दै संसदीय समितिमा नपर्दा कुनै अनौठो नलागेको बताए।

‘यो सभापतिजीको विवेकबाट भएको निर्णय हो। त्यसमा मेरो कुनै गुनासो छैन,’ नेता गुरुङले भने, ‘किनभने मलाई नराख्ने तयारी बारे मैले पहिले नै थाहा पाएको थिएँ। मैले उहाँसँग किन नराख्ने भनेर समेत सोधेको छैन।’

उनले १७ जना सदस्य बनाएको विषयमा भने आफूलाई अनौठो लागेको बताए।

‘विधानले त उहाँलाई त्यत्रो सदस्य बढाउने अधिकार दिएको छैन। कहाँबाट त्यस्तो निर्णय लिनुभयो?,’ गुरुङले प्रश्न गरे, ‘सभापतिले नै विधान संशोधन गर्नुभएको त हैन होला?’

उनले सभापतिले अधिकार प्रयोग गरेर संसदीय समिति गठन गर्नु राम्रो कुरा भएको भन्दै विधानको विषयमा प्रश्न भने नउठ्ने गरी गर्नुपर्ने बताए।

यस्तो छ नेपाली कांग्रेसमा वरियता

१)     सभापतिः शेरहादुर देउवा
२)     नेताः  रामचन्द्र पौडेल
३)     महामन्त्रीः शशांक कोइराला
४)     कोषाध्यक्षाः सितादेवी यादव
केन्द्रीय सदस्यहरु
५)     प्रकाशमान सिंह
६)     कृष्णप्रसाद सिटौला
७)     गोपालमान श्रेष्ठ
८)     बिमलेन्द्र निधि
९)     कुलबहादुर गुरुङ
१०)    खुमबहादुर खड्का
११)    चित्रलेखा यादव
१२)    पूर्णबहादुर खड्का
१३)    डा. रामशरण महत
१४)    अर्जुननरसिंह केसी
१५)    बलबहादुर केसी
१६)    महेश आचार्य
१७)    नरहि आचार्य
१८)    प्रदीप गिरि
१९)    बालकृष्ण खाँड
२०)    ज्ञानेन्द्रबहादुर कार्की
२१)    रमेश रिजाल
२२)    डा. नारायण खड्का
२३)    डा. मिनेन्द्र रिजाल
२४)    डा. प्रकाशरण महत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन