८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलका लागि २३ देश छनोट, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिए (सुची सहित)

२६ आश्विन २०७४, बिहीबार ०३:१२

असोज २६, काठमाडौँ | आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् । 

युरोपबाट १० राष्ट्र 

अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् । 

दक्षिण अमेरिकाबाट ४ राष्ट्र 

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् । 

अफ्रिकाबाट २ देश छानिए 

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन्  ।  

पानामा पहिलो पटक विश्वकपमा 

विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ  । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो  । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो । 

एसियाबाट ४ देश छानिए 

एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् । 

कुन-कुन देश बाहिरिए ?

त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता